चैत्र २२ सल्यान ।

नेपाली काङ्ग्रेस कपुरकोट गाउँ पालिका ४ ले स्थानीय निर्वाचनको लागि आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ ।

आउदो वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस कपुरकोट गाउपालिका वडा नं. ४ को बिस्तारित बैठकले वडा अध्यक्ष देखि सदस्य सम्मको उम्मेदवारको टुङ्गो लगाएको छ । जस अन्तर्गत वडा अध्यक्षको लागि गोपाल सिङ बुढा लाई पार्टीले टुङ्गो लगाएको हो । त्यस्तै सदस्यको लागि डण्डिराम पुन, बालाराम बाठा, महिला सदस्य उमादेबी थापा, दलित महिला सदस्य झुपी बि.क. लाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी वडा सचीव बिनोद रोकाले जानकारी गराएका छन ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी टुङ्गो लगाउने कपुरकोट गाउपालिकाकै ४ नम्बर वडा पहिलो भएको नेपाली काङ्ग्रेस कपुरकोट गाउँ पालिका सभापति यगराज वलिले जानकारी दिनु भएको छ ।
यस्तै बाकी अन्य वडाहरुमा पनि चाडै उम्मेदवारीको टुङ्गो लगाउने पालिका सभापति वलिले जानकारी दिनु भएको छ ।