सल्यान २१चैत ।
सल्यानको दार्मा गाउँपालिकामा नेकपा एमाले निकट जनबर्गिय संगठनहरुको प्रथम पालिका अबिधेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको पालिका अधिवेशनलाई उद्घाटन गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज गुलाबजङ्ग शाहले दार्मामा राजनिती गर्ने नेतागणले राजनिति गर्ने शैली बदल्नु पर्ने बताएका छन् । कामको जस आफुले लिने र दोस अरुलाई थुपार्ने प्रवृती राजनितीमा भएको बताउदै उनले अरुलाई एउटा औला उठाउन खोज्दा अरु चारवटा औला आफुतिर फर्किएका छन् भन्ने पनि सोच्नु पर्ने बताए । आफु प्रदेशका संसद भईरहदा दार्मामा सडक, खानेपानि, शिक्षा, स्वास्थ्य, सिंचाई र कृषि लागायतका क्षेत्रमा बजेट हालेको र दार्माका नेताले त्यो कुरा प्रचार गर्न डराएका उनले बताएका छन् । दार्मा खोलाको मोटरबाट पुल आफनै पहलमा बनेका भन्दै उनले भने दार्मा सरकारले अरुको प्रचार हुन्छ भनेर अहिले सम्म पुलको उद्घाटन समेत नगरेको बताए । केहि गरेको र केहि गर्न बाँकि रहेको बताउदै उनले दार्माको बिकासका लागि आफु सधै तयार भएको बताए । गलत प्रचार र गलत प्रवृतीको पछाडी नलाग्ना दमाली जनतालाई उनले अनुरोध गरे । आउदो स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले गरेका हरेक गतिबिधीलाई सम्झदै एमालेका उम्मेदवारलाई विजय बनाउना दार्माली जनतालाई उनले अनुरोध समेत गरे ।

तेस्तै नेकपा एमाले प्रदेश कमिटी सदस्य तिलक मल्ल क्षितिज ले नेपाली कांग्रेस र माओवादीको सरकारबाट जनताले आशा मारिसकेको बताएका छन् । उनले कांग्रेस र माओवादीको धेरै पटक सरकारमा पुगे पनि नेपालले कुनै नयाँ रुप फेर्न नसकेको बताए । नेकपा एमाले सरकारमा रहेको बेलाको समयलाई सम्झदै उनले भने देश परिवर्तन संबाहक एमाले नै भएको उनले बताए । जनताको पक्षमा काम गर्ने पार्टी नै एमाले हो भन्दै उनले भने देशको रक्षा, गरिब दुखिलाई सहयोग, जेष्ठ नागारिक लाई सम्मान र सिंगो देश बनाउने पार्टी एमाले हो यो एतिहासले देखाएको बताए । उनले भने दार्मालि जनताले नयाँ नेर्तित्वको खोजिरहेको भन्दै नयाँ बिचार र नयाँ समाज निर्माण गर्ने पार्टी एमाले रहेको कुरा बताए ।
तेस्तै जिल्ला कमिटी सदस्य तथा दार्मा गाउँपालिका इन्चार्ज गणेश मान सिंहले दार्मा सरकारले ५ बर्षको हिसाब किताब देखाउना नसकेको बताएका छन । उनले सरकारमा बसेको व्यक्तिले आफ्ना कार्यकर्ता, आफ्ना नातागोतालाई सहयोग तथा भष्टाचार गर्ने बाहेक अरु कुनै पनि काम नगरेको उनले बताए । यातायात, खानेपानी, शिक्षा, स्वास्थ लगायत को क्षेत्रमा दार्मा सरकार गरेको कामको खर्च जनतालाई देखाउन उनले खबरदारी समेत गरे ।
नेकपा एमाले जिल्ला सचिवालय सदस्य पुतला खड्काले नेकपा एमाले फेद भएको र फुटेर गएकालाई हांगाको रुप दिदै त्यो सुकेर जाने उनले बताइन् । उनले आउदो स्थानीय तहको निर्वाचनमा जति पार्टी को गट्बन्धन भए पनि दार्मा मा नेकपा एमाले एक्लै भिड्ने र हार जित को सामना गर्न तयार रहेको बताइन । जिल्ला कमिटी सदस्य गणेश बुढाथोकीले हिजो चन्दा को बिषयमा आवाज उठाउने हरुले अहिले आफै चन्दा र झुठो खेती गरिरहेको बताए ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य जनक बि.क, दिपक रोकाय, राष्ट्रिय युबा संघ केन्द्रिय सदस्य प्रीन्स बस्नेत, राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी कोषाध्यक्ष प्रताब चन्द लागायतले मन्तव्य राखेका थिए । नेकपा एमाले गाउँ कमिटी उपाध्यक्ष रमेश रोकाय स्वागत मन्तव्य मन्तव्य बाट सुरु भएको कार्यक्रका संञ्चालन सचिव दिनेश सिहले गरेका थिए ।

प्रथम पालिका अधिवशनबाट गठन गरिएका जनवर्गिय संगठनहरु
नेपाल राष्ट्रिय युवा संघ
बुद्दिमान वली अध्यक्ष
बिक्रम थापा उपाध्यक्ष
लाल बहादुर चन्द सचिव
कबी कुमार बुढाथाकी उप सचिव
नविन खड्का उपसचिव
मोतिलाल के.सी काषध्यक्ष
लगायतको ४३ सदस्यि पालिका कमिटी निमार्ण
अखिल नेपाल महिला संघ
सबिता वली अध्यक्ष
ईस्वरा के.सी रोकाय उपाध्यक्ष
चित्रा के.सी सचिव
निर्मला परियार उप सचिव
गिता बुढाथोकी उपसचिव
साबित्रा वली कोषध्यक्ष
लगायतको ३८ सदस्यि पालिका कमिटी निमार्ण
किसान संघ दार्मा गाउँपालिका कमिटी
सार्कु वलि अध्यक्ष
लाल बहादुर बुढा उपाध्यक्ष
बेगम वली सचिव
लिले दमाई उप सचिव
टेक बहादुर बुढाथोकी उपसचिव
लाल बहादुर खड्का कोषध्यक्ष
लगायतको ११ सदस्यि पालिका कमिटी निमार्ण
जेष्ठ कम्युनिस्ट मन्च दार्मा गाउँपालिका कमिटी
दामु रोकाय अध्यक्ष
चक्र बहादुर चन्द उपाध्यक्ष
चन्द्र बहादुर चन्द सचिव
बलविर वली उप सचिव
कले वली उपसचिव
कमला वली कोषध्यक्ष
लगायतको १५ सदस्यि पालिका कमिटी निमार्ण















