सल्यान २९ फाल्गुन ।                                                                                                        नेकपा एमालेको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल जिल्ला कमिटी सल्यानको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुरेन्द्र बुढा को अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा देबराज घर्ती मगर, सचिबमा गुमान सिंह घर्ती, उप- सचीवमा बिनोद बुढा र मिलन पुन रहेका छन । कार्यक्रमलाई उद्घाटन गर्दै नेकपा एमाले का केन्द्रिय पोलिटब्युरो सदस्य गुलाबजंङ्ग शाहले सम्पुर्ण पार्टी निकट भातृ संगठनलाई चुनावि गतिविधिहरु आगाडी बढाउना अनुरोध गरेका छन । उनले पार्टीले चुनाव जित्नुमा भात्री संगठनहरुको महत्त्वपूर्ण भुमिका हुने भन्दै त्यस तर्फ लाग्ना अनुरोध गरेका छन । मन्तव्यकै क्रममा उनले नेकपा एमाले जिल्ला कमिटी उप-सचिव तथा कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर खत्री के.सिलाई मातृ शोक परेकाले उहाँको आमा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तब्ध परिवार जनमा गहिरो समवेदना प्रकट गरेका थिए । तेस्तै कार्यक्रमका बिशिस्ट आथिती लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रिय महा– सचिब पेम्बा गुरुङ (भोटे)ले आदिवासी जनजातिका हक अधिकारको बारेमा आफुले सरकारलाई घच्घच्याई रहेको बताएका छन । उनले नेकपा एमाले सरकारमा हुदा पनी आदिवासी जनजातिको लागि आफुले आवाज उठाई संविधान संशोधनको प्रस्ताव गरेको बताए । पुर्व संविधान सभा सदस्य समेत रहेका भोटेले पार्टी भित्रका अवसरबादी व्याक्तिहरुले गर्दा नेकपा एमालेले आफ्नो सरकार गुमाउनु परेको बताए । तेस्ता अवसर बादीहरुको नयाँपार्टी कुनै नयाँ बिचारको लागि नभैइ नेकपा एमालेलाई हराउना को लागि पार्टी खोलेकाले तर त्यो संम्भव कहिले पनि नहुने बताए । जब कुम्युनिष्ट खाने बेला हुन्छ तब फुट्छ भने झै नेपालका कुम्युनिष्ट पार्टीहरुमा तेस्तै भएको बताए । उनले भने नेकपा एमाले सरकारमा हुदा जनताको मन र बिस्वस्नियता जिति सकेकोले एमालेलाई हराउने सपना समेत कसैले पनि देख्ना नहुने बताए । आउदो निर्वाचनमा नेकपा एमालेको जित सुनिस्चित रहेको बताउदै त्यो जनताले स्वीकार गरेको भोटेले बताए । कार्यक्रममा एमाले जिल्ला कमिटी सल्यानका अध्यक्ष गोबिन्द कुमार पुनले जनबर्गिय संगठनलाई बलियो बनाउना पार्टीका लिडरहरु को सुझावको महत्त्वपूर्ण भुमिका हुने बताए । उनले संगठन लाई संगठित गरेर मात्र नहुने र संगठन कति क्रियाशिल भएर लागे त्यो नै मुख्य हुने बताए । उनले जिल्ला कमिटी गठन भईसकेपछि स्थानिय तहको चुनाव अगाडि नै सल्यानका १० ओटै स्थानीय तहमा पार्टीका भातृ संगठनहरु संगठित गरिसक्ना नेकपा एमाले निकट सबै भातृ संगठनहरुलाइ निर्देशन गरेका छन । उनले आउदो निर्वाचनमा नेकपा एमाले देशभरी पहिलो पार्टी हुने बताए । देश र जन्तालाई एमाले को सरकार आबश्यक्ता रहेको महसुस गर्दै उनले अझै पनि नेकपा एमाले सरकारमा आउने बताए । मन्तव्यकै क्रममा पार्टी अध्यक्ष पुनले एमाले जिल्ला कमिटी उप-सचिव दान बहादुर खत्री के.सिलाई मातृ शोक परेकाले उहाँको आमा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तब्ध परिवार जनमा गहिरो समवेदना प्रकट गरेका थिए । तेस्तै नेकपा एमाले जिल्ला कमिटी सचीव ओज बहादुर बुढाथोकीले एमाले निकट सबै भातृ संगठन नलागी पार्टीले चुनाव जित्ना नसक्ने बताएका छन । उनले भातृ संगठनहरु बलिया भए मात्र पार्टी बलियो हुने बताए ।

Open photo                                                      त्यस्तै शुभकामना मन्तव्य राख्नेहरुमा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य कुन्ता बस्नेत, नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य अखवर पुन, अनेरास्वबियु कर्णाली प्रदेश कमिटी अध्यक्ष घनश्याम पुन, नेकपा एमाले जिल्ला कमिटी सदस्य राम बहादुर के.सि, जङ्ग बहादुर बुढा, लोक बहादुर घर्ती , राष्ट्रिय युवा संघ नेपाल सल्यानका संयोजक रुपक बुढा लगायत कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । लोकतान्त्रिक आदिवासी जनजाती महासंघ सल्यानको पुर्व अध्यक्ष चक्र बि.एम सभाअध्यक्षतामा भएको कार्यक्रम को संचालन सुरेन्द्र बुढाले गरेका थिए । कार्यक्रम जिल्लाभरी बाट प्रतिनिधित्व हुने गरि सहभागीहरु जम्मा भएका थिए ।

 

No description available.

No description available.No description available.