फाल्गुण २८, सल्यान ।

अखिल नेपाल महिला संघ जिल्ला कमिटी सल्यानको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सरिता हमालको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी निर्माण भएको संगठनले जनाएको छ ।
समितिको उपाध्यक्षमा भिमा बुढाथोकी र विमला शर्मा सचिवमा मालति कंडेल सह सचिवमा इन्द्रिरा लामिछाने खडका, कोषाध्यक्षमा राधा सुनार रहेका छन । तेस्तै सदस्यहरु भने जिल्ला १० वटै स्थानिय तहबाट प्रतिनिधित्व हुने गरि जिल्ला कमिटी निर्माण गरिएको छ ।            आज सल्यान खलंगा नेकपा एमालेको पार्टी कार्यालय मा सम्पन्न ७ औं जिल्ला अधिवेशनलाई सम्बोधन नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा कर्णाली प्रदेश सह-ईन्चार्ज गुलाव जंग शाहले राजनीतिमा महिलाको महत्वपुर्ण भुमिका हुन बताएका छन । पार्टीको लागि महिला संगठन मेरूदन्ड भएको भन्दै उनले महिलालाइ पनि तेतृत्व गर्न अवसर दिनुपर्ने बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका शाहले आउदो चुनावमा समय परिवेशले गठबन्धन गर्नुपर्ने आवश्यकता भएता पनि एक्लै लड्ने आँट गर्नुपर्ने भन्दै महिला संगठनले त्यसका लागि महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताएका हुन ।

कार्यक्रममा पार्टी प्रदेश कमिटी मनोज कुमार प्रधान, जिल्ला अध्यक्ष गोविन्द पुन, उपाध्यक्ष भीम बहादुर सेन, अनेमसंघका केन्द्रिय सदस्य तथा सल्यान इन्चार्ज कुन्ता बस्नेतलगायतले सम्बोधन गरेका थिए ।

सरिता हमालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पुष्पा कुमारी बोहराले गरेकी थिइन भने स्वागत मन्तव्य भिमा बुढाथोकीले राखेकी थिईन । कार्यक्रममा जिल्लाका १० ओटै स्थानीय तहबाट महिलाहरूको सहभागीता रहेको थियो ।