फागुन २८ सल्यान कपुरकोट गाउँ पालिका ६ सिनबाङ छायानाथ स्थित भवानी माध्यमिक बिध्यालयमा नेपाली काङ्ग्रेस भातृ संस्था नेपाल बिध्यार्थी संघ इकाइ कमेटी गठन गरिएको छ । इकाइ कमेटिले खुमलाल महतारालाई अध्यक्षमा चयन गरेको छ । शुक्रबार सम्पन्न कमेटिले उपाध्यक्षमा टोपेन्द्र परियार, दिपसिखा खड्का सचिबमा दुर्गा प्रसाद बोहरा, खिमा पुन सह-सचिबमा कोपिला खड्का, महेश वलिलाई सर्वसहमत रुपमा चयन गरेको हो । २२ सदस्यीय कमेटी गठन गरिएको ने.बि. संघ नेता कलसिङ बि.क. ले जानकारी दिएका छन ।
ने.बि. संघ कपुरकोट गा.पा. संयोजक जीवन भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस कपुरकोट गा.पा. उपसभापति मान बहादुर खड्का, बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस ६ नम्बर वडा सभापति धनराज बोहरा अतिथिहरुमा वडा उपसभापति बलराज बि.क., क्षेत्रीय प्रतिनिधि गोभर धन पुन, ने.बि. संघ नेता कलसिङ बि.क. लगाएतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि समेत रहेका खड्काले मन्तव्यमा गाउँ ठाउँ सङ्गै देशलाई बिकाश मय अर्थात् परिवर्तन गर्नको निमित्त यूवा तथा बिध्यार्थी बाटनै सम्भब भएकाले बिध्यार्थीहरु अझ एक ढिक्का भएर अगाडि बढ्न अनुरोध गरेका थिए । तेस्तै अन्य अतिथिहरुले पनि सामाजिक सुख दुखमा सङ-सङ्गै हातमालो गर्दै अगाडि बढ्ने बताउदै बिध्यार्थिका मुद्दाहरूमा आवाज उठाउन अरु संघ संगठन भन्दा नेपाली काङ्ग्रेसको भातृ संस्था ने.बि. संघनै भएकाले अन्य बिध्यार्थी साथीहरू पनि जोडिएर यश ने.बि. संघलाई सुदृढिकरण गर्दै लैजानु पर्नेमा जोड दिएका थिए ।
गोभर पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन बिजय पुनले गरेका थिए ।
