सल्यान ,२४ फागुन ।

११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘बुलाकी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मुख्य भूमिकामा रहेकी अभिनेत्री सुरक्षा पन्त फरक लुक्समा देखिएकी छिन् । पश्चिम नेपालको कर्णालीमा हालसम्म पनि यथावत् रहेको ‘जारी प्रथा’ लाई लिएर फिल्म बनाइएको छ ।

फिल्मको सम्पुर्ण जसो छायाङ्कन कर्णाली प्रदेशको डोल्पा, रुकुम र जाजरकोटमा गरिएको छ । लक्ष्मण सुनारको निर्देशन रहेको ुबुलाकीु मा सुरक्षा सँगै नरेन खड्का र विराज विष्ट मुख्य भूमिकामा रहेका छन्।

स्व। मोति विष्टको प्रस्तुति र टोपेन्द्र विष्ट निर्माता रहेको फिल्ममा प्रकाश कँडेल, रमेश बुढाथोकी, सरस्वती खत्री, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइबा, सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियार लगायतको अभिनय रहेको छ ।

शिव ढकालले छायाङ्कन गरेको फिल्ममा गोविन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको सङ्गीत रहेको छ । छिट्टै फिल्मको टिजर र रिलिज मिति सार्वजनिक गर्ने तयारी भइरहेको निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट प्रालिलेका संचालन तथा कलाकार बिराज बिष्टले जानकारी दिनु भएको छ ।

देशमा संघीयता सङ्गै स्थानीय तह आएपनी अझै विभिन्न गाउँ बस्तीमा ूजारी प्रथाू यथावत रहेको पाइन्छ । त्यसैले बुलाकी नामक चलचित्र अन्य फिल्म भन्दा भिन्न र सन्देश मूलक रहेको अनुमान गर्न सकिन्छ ।