सल्यान २१ फाल्गुण ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल शारदा नगर कमिटी सल्यानको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सिभान श्रेष्ठको अध्यक्षतामा ३१ सदश्सीय नगर कमिटी गठन गरिएको छ । जसको उपाअध्यक्षमा निश्चल कठायत, सचिवमा देबेन्द्र पुनं, सह– सचिवमा राज नेपाली र निम बहादुर पुन कोषाध्यक्षमा दिपा श्रेष्ठ रहेका छन । सल्यानको श्रीनगर नजिक जोगिदेखोलाम रहेको होटेल प्याराडाइजमा आज भएको नगर अधिवेशनलाई नेकपा एमाले सल्यानका अध्यक्ष गोबिन्द कुमार पुनंले उद्घाटन गरका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुनले नेकपा एमाले फुटले सल्यानमा कतै पार्टी कम्जोर भयो कि भन्ने भ्रममा नपर्न सबै कार्यक्रतालाई अनुरोध गरेका छन् । उनले पार्टी फुटे पनि त्यो क्षेति पुर्ति भईसकेको बताएका छन् । उनले आउदो निर्वाचनमा नेकपा एमालेलाई झन बलियो देखेर डराएर अन्य पार्टीले मोर्चा बन्दि गरेको बताए । जति मोर्चा बन्दि गरे पनि एमालेको जित सुनिश्चित भएको दाबि समेत उनले गरे । अध्यक्ष पुनले समाज र देश बनाउना युवा शक्तिको खोचो भए भै पार्टी बलियो बनाउनुमा पनि युवाको भुमिका महत्वपुर्ण हुने भएकोले त्यो अनुसारले लाग्ना राष्ट्रिय युवा संघ नेपाल सल्यान र पालिका कमिटी अग्रह गरका छन् । आउदो निर्वाचनमा नेकपा एमाले लाई जिताउना युवा संघ नै क्रियाशिल भएर लाग्नु पर्ने भएकाले अब चुस्त दुरुस्त भएर लाग्ना उनले अनरोध गरे ।

कार्यक्रमा युवा संघ नेपालका सल्यान जिल्ला ईन्चार्ज मेघराज बस्नेत, एमाले प्रदेश कमिटी सदस्य मनोज प्रधान, मनोज सिंह, कुल बहादुर गिरी, नेकपा एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकी, जिल्ला कमिटी सदस्य महेश देवकोटा, चक्र बिएम, युवा संघ नेपाल सल्यानका संयोजक रुपक बुढा, अनेरास्ववियुका कर्णाली प्रदेश अध्यक्ष घनश्याम पुनं, एमाले छत्रेश्वरी गाउँकमिटी अध्यक्ष ज्ञान बहादुर खड्का, प्रेस चौतारी सल्यानका अध्यक्ष प्रकाश भण्डारी, युवा संघ नेपाल सल्यान क्षेत्र न ख संयोजक डिल्लीराज खड्का, लगायतले कार्यक्रमामा शुभकामना मन्तव्य राखेका थिए । नेकपा एमाले शारदा नगर कमिटी सचिव शुरेन्द्र बुढाको स्वागत मन्तव्य र युवा संघ नेपाल सल्यान शारदा नगर कमिटीका संयोजक प्रबिन घर्ति मगरका सभाअध्यक्ष भएको कार्यक्रमका संचालन सिभान श्रेष्ठले गरका थिए । कार्यक्रममा शारदा नगरपालिका भित्रका युवाहरुको सहभागिता रहेको ।
