पौष २३,सल्यान ।                                                      नेकपा एमाले सल्यानले नवौं जिल्ला अधिवेशनको उद्घाटन सत्र सदरमुखम खलंगा स्थित टुडिखेलमा भब्य कार्यक्रमका विच सम्पन्न गरेको छ । अधिवेशनका प्रमुख अतिथी एमाले पोलिटब्युरो सदस्य गुलाबजंग शाहले एमालेमा देशब्यापी जनलहर छाएको बताए । एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेत समेत रहेका उनले विगतमा शान्ती, सुशासन र विकासको क्षेत्रमा एमालेले गरेको उदाहरणीय कामका कारण अहिले लहर छाएको बताए ।

पांच दलिय मोर्चालाई जनताले नरुचाएको बताउदै शाहले यो तासको घर जस्तै गर्ल्याममगुर्लुम ढल्ने दाबी गरे । नेपाली जनतालाइ धोका दिएर आफ्नै पार्टिको सरकार ढाल्ने प्रचण्ड र माधव कुनै पनि हालतमा कम्युनिस्ट हुन नसक्ने उनको भनाइ थियो ।

सुर्य चिन्हबाट चुनाव जितेर पनि आर्थिक लाभ र व्यक्तिगत स्वार्थका कारण अर्को पार्टिलाइ मत दिने लाल गद्दारहरु भएको बताउदै उनले त्यस्ता लाल गद्दारहरु फेरि चुनावमा आए भने जनताले लखेट्ने बताए । विभाजन र टुटफुटमा जनताले साथ नदिने कुरा विगतमा पुष्टि भैसकेको शहको भनाइ थियो ।

एमाले जिल्ला अध्यक्ष गोविन्द पुनको अध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य तथा पुर्व जिल्ला पार्टी अध्यक्ष लोक बहादुर डांगी, प्रदेश कमिटी सदस्यहरु मनोज प्रधान, तिलक मल्ल क्षितिज लगायतले मन्तव्य राख्दै एमालेको जनप्रीय काम र जनलहर देखेर केही अराजक तत्वहरु अत्तालिएको तर्क गरेका थिए । पार्टिका प्रदेश सदस्य तथा जिल्ला उपाध्यक्ष भिम बहादुर सेनको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहको संचालन जिल्ला कमिटी उपसचिव दान बहादुर केसीले गरेका थिए ।

एमाले सल्यानको जिल्ला अधिवेशनमा सल्यानका मौलिक सांस्कृतिक प्रस्तुतिहरुलाई पनि स्थान दिइएको थियो । दार्मा गाउंपालिकाको मयुर नाच, सिद्ध कुमाख गाउंपालिकाको बनगाडी टप्पा, त्रीवेणिको सोरठी र अन्य सांस्कृतिक प्रस्तुति राखिएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुलाइ स्वागत गरिएको थियो । एमालेको नवौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । बन्दसत्र शनिबार विहान सात बजेबाट सुरु हुने एमाले सल्यानले जनाएको छ ।