पौष १९, सल्यान ।

पौष २३ गते हुन नेकपा एमाले सल्यानको ९ ओैँ जिल्ला अधिबेशनको तयारी अन्तिम चरणमा पगेको छ । अबिधेशनका लागि १० ओटा पालिकाबाट प्रतिनिधि मुलक तरिकाबाट ३३ प्रतिशत महिला सहित दलित जनजाति अपांगता सबै क्षेत्र र वर्गलाई समेटर सर्बसम्मत रुपमा भुगोलवाट ४०१ प्रतिनिधि छनौट गरिएको छ ।
अधिवेशनको उद्घाटन पौष २३ गते सल्यान सदरमुकाम खलंगाको टुडिखेलको मैदानमा हुनेछ । उक्त अधिवेशनको कार्यक्रमको उद्घाटन नेकपा एमाले पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेश सह ईन्चार्ज क.गुलाव जंङ शाहले गर्ने कार्यक्रम रहेको छ ।
बन्द सर्त पुस २४ गते बिहान ८ बजे देखि जिल्ला समन्वय समितिको हल खलंगामै गर्ने कार्यक्रम रहेको छ । उद्घाटनको कार्यक्रम पश्चात् सहभागी शुभेच्छुकहरुलाई गन्तव्यमा सोहि दिन पढाईने र करिव ५ सय प्रतिनिधिहरुको बसाइ ब्यबस्थापन खलंगा र श्रीरिनगरहरुका होटलहरुमा गरिएको भएको छ । कार्यक्रममा सहभागीता स्वास्फुर्त रुपमा सम्बन्धित पालीका कमिटीहरुको ब्यबस्थापनमा सदरमुकाम सम्म आउने जाने व्यवस्था मिलाईएको छ । यो संगै जिल्ला अधिबेशनको गोलो जिल्लाको धार्मिक पर्यटकिय स्थल एवम् जिल्लाको उत्पादन संग जोडेर सार्बजनिक समेत गरिएकोछ ।

पौष २३ र २४ गतेमा सम्पन्न हुने ९ ओैँ जिल्ला अधिबेशनबाट अध्यक्ष १ जना , उपाध्यक्ष १ जना, सचिव १ जना, उप सचिव २ जना सहित ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने छन् । अधिबेशनको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकोे अबिधेशन प्रचार प्रसार समितिका संयोजक दिपेन्द्र प्रकाश डि.सी.ले जानकारी गाराएका छन् ।