मंसिर २४, सल्यान ।
घरबाटै शुरु गरौ, महिला हिंसा अन्त्य गरौं भन्ने नाराका साथ सुरुभएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा कपुरकोट गाउँपालिकामा पालिका स्तरिय लोक गित प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा महिला हिंसा विरुद्धका चेतना मुलक गितहरु प्रस्तुत गरिएको थियो । लोकगित प्रतियोगितामा कपुरकोट गाउँपालिका वडा न.४ की कमला बाँठा प्रथम, कपुरकोट गाउँपालिका वडा न. ३ की पार्वती खड्का दोस्रो, कपुरकोट गाउँपालिका वडा न. ५ की कोपिला बुढाथोकी तेस्रो र कपुरकोट गाउँपालिका वडा न.५ कै कमला दर्माली चौथो भएकी छन् । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमस २ हजार, १ हजार पाँच सय, १ हजार र ६ सय नगत सहित प्रमाणपत्र समेत दिईएको छ । लोकगितको प्रतियोगिताको निर्णायकमा यम थापा, प्रकाश वली सरिता कडेल रहेका थिए ।
गाउँपालिकाका नि. प्रमुुख प्रशासकीय अधिकृत भुपेन्द्र यरीको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष तिला बुढा, अतिथिहरुमा वडा ३ नं. का वडा अध्यक्ष मिन बहादुर सेन, वडा ४ नं. का वडा अध्यक्ष हरिलाल पुन, वडा ४ नं. का वडा सदस्य सेतु सार्की, कपुरकोट प्रहरी चौकीका गंगा बहादुर डाँगी, नेपालि काँग्रेस कपुरकोट गाउँपालिका सचिव यम थापा लगायत रहेका थिए । कपुरकोट गाउँपालिकाकी कर्मचारी हिरा कुमारी वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन अविकिरण डि.सीले गरेका थिए । कार्यक्रममा गाउँपालिका सबै वडाका महिला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।







