मंसिर १०, सल्यान ।
नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत सल्यानमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय महाअधिवेशन प्रतिनिधिमा एकराज डाँगी निर्वाचित भए । डाँगीले कुल ६ सय २७ मत ल्याएर विजयी बनेका हुन् । सबैभन्दा बढी ल्याएका एकराज डाँगीले प्रदेश महामन्त्रिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गत सोमबार सल्यानमा भएको जिल्ला अधिवेशनमा भएको निर्वाचनमा खुल्ला १० जना प्रतिनिधिमध्ये दोस्रोमा गणेश चन्दले ५ सय ६७ मत ल्याएका छन् । डाँगीले दोस्रो हुनेभन्दा ६० मत बढी ल्याएर पहिलो नम्बरमा विजयी बनेका हुन् ।
२०४९ सालमा नेपाल विद्यार्थी संघ सल्यानको उपाध्यक्ष भएका एकराज डाँगी कांग्रेसको १२ औं महाधिवेशनमा जिल्ला सचिव भएका थिए । २०५७ सालमा १० औं महाधिवेशन प्रतिनिधि हुँदै ११ औं महाधिवेशनमा महासमिति सदस्य समेत भएका डाँगी १३ औं महाधिवेशनमा महासमिति सदस्य थिए । २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा उनले सल्यान प्रदेश सभा (क) मा चुनाव लडेका थिए । तर प्रदेशसभा निर्वाचनमा जित्न सकेनन् । खुल्ला केन्द्रीय महाअधिवेशन प्रतिनिधिमा २४ जनाको उमेदवारी थियो । जसमा जिल्लाका कांग्रेसका चर्चित नेताहरु लडेका थिए ।