मंसिर ६, सल्यान ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सल्यानमा भएको निर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ ।

कुल १२ सय ८० मतदाता मध्ये १२ सय २७ मत खसेको कांग्रेस जिल्ला निर्वाचन अधिकृत सुनील श्रेष्ठले बताए । सल्यानमा केशबहादुर बिष्ट र धुर्वराज पुरीको प्यानल चुनावी मैदानमा छ ।

बिहान १० स् ४५ बजे केश बहादुर बिष्टले पहिलो मतदान गरेपछि मतदान सुरु भएको छ । पहिलो मतदान जिल्ला सभापति गणेश चन्दले गर्ने भनेपनि उनले ढिलो गर्दा विष्टले पहिलो मतदान गरेका हुन् ।

आजै मतगणना सुरु गरिने बताइएको छ ।