सल्यान ४, मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी एमाले शारदा नगरपालिका वडा न.१ का वडा कमिटी सचिव लाल बहादुर श्रेष्ठले एक बिज्ञप्ती निकालेका छन् । उनले नेकपा (एकीकृत समाजवादी) ले बिना जानकारी मनोमानी ढङगले शारदा नगर कमिटीको सह सचिवमा राखेको भन्दै बिज्ञप्ती निकालेका छन् । उनले पहिले पनि आफु नेकपा एमाले मा संगठित सदस्य रहेको र अहिले पनि नेपाल कम्युनिष्ट पार्टी एमाले शारदा नगरपालिका वडा न.१ का वडा कमिटी सचिवमा रहेको बिज्ञप्ती मार्फत जानकारी गराएका छन् । उनले भने नेकपा एमाले पार्टीप्रति आस्था राख्ने व्यक्तिलाई गलत ढंगले एकीकृत समाजवादी लागेको भनी प्रचार गरिनु हाँस्यास्पद कुरा हो । यस्तो गलत प्रचार नगर्न आग्रह गर्दछु’ । सामाजिक सञ्जाल र विभिन्न सन्चारमाध्याममा गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तीमा भनिएको छ ।

No description available.