३ मंसिर २०७८ आज हुन लागेको नेपाली काङ्ग्रेसको १४ औ महाधिवेसनमा चर्चित हास्य कलाकार कुल बहादुर वलीले जिल्ला कार्य समितिको सदस्य पदमा आफ्नो उम्मेद्वारी दिएका छन् ।
लामो समय देखि कलाकारिता क्षेत्रमा होमिदै आएका वलीले अहिले राजनितीमा पनि सकृय हुदै आएका छन ।
रुपान्तरण, इमानदारिता र पारदर्शिता । सङ्गठित काङ्ग्रेस सबल नेतृत्व आजको आबश्यकता भन्ने मुल नाराका साथ हुदै गरेको महाधिबेसनलाई सफल पार्न र चुनावमा होमिनका लागि कर्मथलो काठमाडौं बाट अस्ति सल्यान आइ पुगेको वलिले सप्तरङ्गी अनलाइन सङ्ग कुरा गर्दै जानकारी दिएका छन् । वलीले आफुलाई जिताउन जिल्लाका सम्पुर्ण वडा सभापति, क्षेत्रीय प्रतिनिधिलाई आफ्नो अमूल्य मत दिएर जिताउन आह्वान समेत् गरेका छन ।
सङ्गित कर्मि संघ जिल्ला कार्य समिति सल्यानको अध्यक्ष समेत रहेका वलिको उम्मेद्वारी धुर्व पुरीको प्यानल बाट रहेको वलीले जानकारी दिएका छन् ।
