सल्यान, २ मंसिर ।
नेपाली कांग्रेस कपुरकोट गाउँपालिका कमिटीको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । पालिका कमिटी अध्यक्ष यगराज वलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठक बाट नेपाली कांग्रेस कपुरकोट गापा कार्यसमितिले पुर्णता पाएको छ । बैठकको निर्णय अनुसार कोषाध्यक्षमा ललित वलि, प्रबक्तामा कुबेर खत्री सदस्यहरुमा खगिसरा पुन, जगत घर्ती, डण्डिराम पुन, टिकाराम खड्कालाई मनोनित गरीएको छ । बाँकी सदस्यहरु अर्को बैठक बाट मनोनीत गर्ने निर्णय पनि गरेको छ । तेस्तै गाँउपालिका सभापति यग राज वलि को संयोजकत्वमा नौ सदस्यीय कार्य सम्पादन समिती गठन गरेको छ । बैठकले नेपाली कांग्रेस कपुरकोट कार्य समिती सदस्य अनिल घर्तीको ममतामयी आमा को निधन प्रती शोक वक्तव्य निकाल्ने प्रस्ताव पारित गरेको छ । साथै नेपाली कांग्रेस कपुरकोट कार्य समिती को कार्यालय कपुरकोटमा खोल्ने र सभापति यग राज वलि, कोषाध्यक्ष ललित वलि र सचिब यम थापाको नामबाट बैंक खाता संचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
