शंकर बि.क तिवारी
सल्यान ३० कार्तिक ।
सल्यानको श्री बुद्ध जनकल्याण माद्यामिक विद्यालय कुमाख ६ बडागाँउका बिद्यार्थीहरुले आफ्नै बिद्यालयमा ताला लगाएका छन् । शिक्षकहरुले नियमित पठन पाठन नगराएको र विद्यार्थीहरुको समस्याहरु प्र.अ लाई सुनाउदा पनि सुनुवाई नभएको भन्दै विद्यार्थीले विद्यालयमा ताला लगाउनु परेको निवेदनमा उल्लेख गरिएको छ । विद्यार्थीहरुले आफ्ना मागहरु राखेको र मागहरु पुरा नहुदासम्म ताला नखोलिने बताएका छन् ।
यस्ता छन् विद्यार्थीले देखाएका समस्या तथा मागहरु
कक्षा ८ को अंग्रेजी बिषय पढाई नभएकाले नियमित पढाई हुनु पर्ने ।
समाजिक बिषयको नि.मा.बि को शिक्षक पठाएको ।
कक्षा ९ र १० मा अर्थशास्त्र पढाई नभएकाले पढाई हुनु पर्ने ।
शिक्षक विद्यालयमा आएर पनि नपाढाएको ।
बिद्यालयमा खेलकुद सामाग्री नभएको ।
विद्यार्थीबाट सेनिटाईजर तथा प्याडको शुल्क लिएको ।
विद्यालयल नियामित रुपमा बनाउनु पर्ने अतिरिक्त क्रियाकलाप नगराएको ।
कक्षा ६ मा अंग्रेजी, स्वस्थ्य, नैतिक बिषय पढाई नभएको ।
रजिस्टेशन फार्म भर्दाे तोकिएको भन्दा बढी शुल्क लिएको । 
