सल्यान १६ कक्तिक ।
सल्यानमा जन्मिएर नेपालको पौराणिक खष भाषालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चर्चाको शिखरमा पुर्याउने खष भाषा संरक्षक तथा हँस्य कालाकार कुल बहादुर वली को खष भाषा समेटिएको देउसी, भैली गित सर्वजानिक भएको छ । उक्त गितमा कलाकारहरु कृष्ण रेउले, करिना डाँगी, प्रिङका नेपाली लगायतका एक दजन कलाकारहरुले गितमा अभिनय गरेका छन् । म्युजिक मस्ति नेपाल युटुव च्यानलबाट सार्वजानिक भएको देउसी, भैलि गितको छायाङकण महेश महर, निर्देशन ललित के.सीले गरेका छन् । आवजमा कुल बहादुर वली, के बि भण्डारी, दिलमाया सुनारको रहेको छ । गितको एरेन्जर के.बि भण्डारीको रहेको छ । मान्नमीमा मान्स उत्पती भएको महादेवको कथा, धर्मे भाईको कथा, खष भाषामा मिश्रीत आशिर्वादले यो भैलीलाई रोचक बनाएको छ । गितको भिडियो हेरेर ९७४५३४७००२ मा सम्पर्क गरेर सल्लाह सुझाव दिना कलाकार वलीले सवैमा अनुरोध गरेका छन् । यो गितमा सुर्खेतका समाजसेवि तथा व्यवसायी टिका वली (स्टोर एन्ड् अडर सप्लायर्स ), कोरीयामा रहेका डिल्ली के.सी, बर्दियाका हेमन्त गिरी र सल्यानका जिमज्याङ राई लगायतले साथ दिएको वलीले बताए ।
https://www.youtube.com/watch?v=NA34Dvd2zSU
