सल्यान, १० कात्तिक ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ युथ अफ सल्यान फाउन फाउन्डेसनले जिल्ला स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अन्य क्षेत्र संग–संगै खेलक्षेत्रमा पनि सल्यान जिल्लालाई एक अब्बल जिल्लाको रुपमा देशभर चिनाउने हेतुका साथ फुटबल प्रतियोगिता आयोजना गरेको फाउन्डेसनका अध्यक्ष अनिल भण्डारीले जानकारी गराएका छन् । विगतका दिनहरुमा निरन्तर सामाजिक कार्यहरु गर्दै आएको फाउन्डेसनले यस पटक यहि काक्तिक १२ गते देखि १५ गते सम्म फुटबल प्रतियोगिता आयोजना गरेको उनले जानकारी गराए । उनले सम्पुर्ण जिल्लामा रहेका खेलप्रेमी माहानुभावहरु तथा खेलाडीहरुलाई आफ्नो टिम सहित यस प्रतियोगिता भाग लिनुहुनेछ भन्ने पुर्ण बिश्वास रहेको पनि बताए । यस प्रतियोगिताले जिल्ला भित्र लुकेर रहेका कुशल फुटबल खेलाडीहरुको पहिचान गरि उनिहरुको भविष्य सुनौलो पार्ने सुअवसर प्रदान गर्ने आयोजक संस्था युथ अफ सल्यान फाउन फाउन्डेसनले जनाएको छ । प्रतियोगितामा सहभागि हुनाको लागि टिम दर्ता कार्तिक ७ आइतबार बिहान १० बजे देखि कात्र्तिक ११ गते बिहिबार बेलुकी ५ भित्र गरिसक्नु पर्ने छ । टिम दर्ताको लागि दर्ता शुल्क रु ५ हजार लाग्ने छ । प्रतियोगितामा सहभागि भई प्रथम स्थान प्राप्त गर्ने टिमले रु ७५ हजार र द्रोस्रो स्थान प्राप्त गर्ने टिमले रु ४० हजार सहित कप, मेडल र प्रमाण पत्र हात पार्ने छन् । यसका साथै प्रतियोगिता भर उत्कृष्ट खेल प्रदशन गरि सर्बाधिक गोल गर्ने एक, उत्कृष्ट गोल रक्षक, एक उत्कृष्ट प्रतिरक्षक९मभाभलमभच० लाई पनि मेडल प्रमाणपत्र सहित विशेष राशिफल रहेको आयोजकले जानकारी गराएको छ ।

टिम दर्ता गर्दा निम्न कुराहरुमा ध्यान दिना अयोजकले जानकारी गराएको छ ।
–टिम दर्ता काक्तिक ७ आइतबार बिहान १० बजे देखि कार्तिक ११ बिहिबार बेलुकी ५ भित्र गरिसक्नु पर्ने छ ।
–प्रत्येक टिमले १५ जना खेलाडीको र एक जना कोच र एक जन टिम म्यानेजरको नाम पेश गर्नु पर्ने छ ।
–टिम दर्ता गर्न आउदा अनिबार्य रुपमा एकप्रतिलिपी नागरिकताको फोटोकपि र दुई प्रती पासपोर्ट साइज फोटो पेश गर्नु पर्ने छ ।
–सोह्र बर्ष मुनिका नागरीकता नबनेका खेलाडीले जन्मदर्ताको फोटोकपि र दुई प्रती पासपोर्ट साइज फोटो पेश गर्नु पर्ने छ । साथै जन्मदर्ताको विशेष छानबिन हुनेछ यदि कुनै टिमले आफ्नो खेलाडीको नक्कली जन्मदर्ता पेश गरेको पाइएमा उक्त टिमलाई सिधै अवकाश गरिनेछ ।
–प्रत्येक टिमले धरौटीको रुपमा नगत रु २,०००।– जम्मा गर्नु पर्ने छ ।
–खेल नकआउट चरनमा खेलाइने छ ।
अन्य जानकारीको लागि तपशिलमा उल्लेखित व्यक्ति सम्पर्क गर्न सकिनेछ ।
अनिल भण्डारी –अध्यक्ष ९८६४९६९०३८
मिलन घर्ती मगर– उपाध्यक्ष ९८४७६५५४५५
अभिषेक राज सिंह– कोषाध्यक्ष ९८०१०२३८६३
सबिन के.सि. –सचिब ९८६६२०२६३५