सल्यान, ३ कार्तिक ।
सल्यानको कपुरकोट गाउँपालिकामा नेपाली कांग्रेसले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । दशै, तिहार र छठ पर्वको अवसरमा नेपाली कांग्रेस कपुरकोेट गाउँ कार्यसमितिले शुभकामना आदाननप्रदान र चियापान कार्यक्रम सम्पन्न गरेको हो । चियापान कार्यक्रमले आपसी सद्भाव र भाइचारा बढाउन सहयोग पुगेको काँग्रेसको अपेक्षा छ ।
कांग्रेस कपुरकोटका सभापति यगराज वलीको सभापतित्वमा भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरुले समाज रुपान्तरण, विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अन्य राजनितीक दल, नागरिक समाज, पत्रकार लगाएतलाई पनि आमन्त्रण गरिएको थियो । कार्यक्रममा बोल्दै सल्यानका पूर्व जिविस सभापति ध्रुवराज पुरीले नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए । मुलुक अहिले विषम राजनीतिक परीस्थितिबाट गुज्रिरहेको बताउँदै उनले मुलुकलाइ स्थायी शान्ति र समृद्धिको बाटोमा ल्याउनका लागि भए पनि कांग्रेसलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।
कांग्रेस कपुरकोटका उपसभापति टिकाराम केसीको स्सवागत मन्तव्यशाट शुरु भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय प्रशिक्षक दिलमान चन्द, महिला संघ सल्यानकी सचिव विष्णु शर्मा, शिक्षक महासंघ कर्णालीका उपमहासचिव बामदेव अधिकारी, पत्रकार महासंघ कर्णालीका सदस्य जीत प्रसाद आचार्य, पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसी, युवा संगठन कपुरकोटका अध्यक्ष राजु पुन, नेपाली कांग्रेस कपुरकोट गाउँपालिका वडा नं १ का सभापति चन्द्र बहादुर घर्ती, ३ का सभापति प्रदिप खड्का, ५ का सभापति यज्ञ बहादुर वोहोरा, ६ का सभापति धनराज वोहोरा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कांग्रेस कपुरकोेटका उपसभापति मान बहादुर खड्काले धन्यवाद ज्ञापनन गरेको कार्यक्रमको सञ्चालन सचिव यम थापाले गरेका थिए ।