सल्यान ३१ असोज ।

नेकपा एमाले छत्रेस्वरी गाउपालिका १ दमाचौरमा कार्यकर्ता भेला एबम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । भेलाले काली बहादुर चन्दको अध्यक्षतामा ३२ सदस्यिय वडा कमिटी पनि गठन गरेकोछ । लेख राज चन्दको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य लोक बहादुर डाङ्गी, ओज बहादुर बुढाथोकी, ज्ञान बहादुर खड्का, फौद बहादुर बस्नेत ,राजेन्द्र बाबू चन्द, प्रीति चन्द, सुरेन्द्र चन्द, देबि चन्द लगायत दमाचौरका एमाले आबद्ध सम्पुर्ण नेता कार्यकर्ता को उल्लेख्य उपस्तिथि रहेको थियो । उक्त कार्यममा बिभिन्न पार्टी परित्याग गरीने नेकपा एमालेमा प्रवेश गरेका छन् ।

युवा नेता खड्ग शाही को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रकाश शर्माले गरेका थिए ।