असोज २३, सल्यान ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सल्यान जिल्ला ईन्चार्ज गुलावजंग शाहले जिल्लामा पार्टी विभाजनपछि एमाले झनै वलियो भएको दाबी गरेका छन् । उनले नेकपा एमालेलाई कम्जोर बनाउना पहिलेदेखि नै लागि परे पनि कसैलेपनि एमालेलाई कम्जोर बनाउना नसक्ने बताए । उनले ६२ जना जिल्ला कमिटी सदस्य मध्ये १० जना मात्र समाजवादी पार्टीमा लागेको बताए । अहिले ’देशका सवैजसो जिल्लामा पार्टी प्रवेशको लहर छ । सरकारमा रहेका सवै पार्टीहरु मिल्दापनि एमालेसंग सिधा प्रतिस्पर्धा गर्न डराईरहेका छन,’ केन्द्रीय सदस्य शाहले भने । नेकपा समाजवादीमा गएका आधाजसो जनप्रतिनिधि र एमालेका ईमान्दार कार्यकर्ताहरु फिर्ता भैसकेको र आफ्नो डेढ महिने अभियानमा माओवादी र कांग्रेसका कार्यकर्ताहरु पनि एमाले प्रवेश गरेको शाहले जानकारी दिए । पार्टी विभाजन पछि सल्यानमा नेकपा एमाले झनै वलियो भएको र नेकपा एस गाउँमा छिर्न समेत नसकेको उनले दावी गरे ।

शुक्रबार सल्यानको कालिमाटी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले गाउँ कमिटीको आयोजनामा विजया दशमी तथा दिपावलीकोे शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शाहले नेपाली कांग्रेसवाट २० जना, माओवादी केन्द्रवाट २५ जना, राप्रपावाट १४ र नेकपा (समाजवादी) वाट २ जना गरी जम्मा ६१ जना एमाले प्रवेश गरेका नयाँ कार्यक्रतालाई नेकपा एमालेमा स्वागत समेत गरेका छन् । उनले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै देशभर एमालेको पक्षमा जनलहर सिर्जना भएको वताए । उनले नव प्रवेसीलाई पार्टि बिधान , पार्टीको अनुशासनको ख्याल गरे दृढता पुर्वक एकढिक्का भएर पार्टीमा रहना अनुरोध गरेका छन् । उनले अउदो चुनाबमा नयाँ पुरानो नभनि पार्टी प्रति गरेको योगदानलाई हेरेर टिकट दिने बताए । सल्यान क्षेत्र न ‘क’ का प्रदेश सभा सदस्य समेत रहेका शाहले सबै देश बासि सल्यान जिल्ला बासिहरुलाई विजया दशमी तथा दिपावली २०७८ शुभकामना समेत दिएका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा कालिमाटी गाउँ पालिकाका प्रभावशाली व्यक्तिहरु रहेका छन् । तेस्तै कार्यक्रममा बिशिष्ट अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य मनोजकुमार प्रधानले नेकपा एमाले पार्टी भित्र बिधि बिधानको पालना हुने र अनुशासित कार्यक्रता एमाले भित्र मात्र रहेको बताएका छन् । उनले नेकपा एमालेका हरेक गतिबिधि आफुहरुलाई मन परेर नै एमाले प्रवेश गरेको बताए ।

तेस्तै शुभकामना मन्तव्य राख्दै गाउँ पालिका अध्यक्ष तथा एमाले जिल्ला कमिटी उपसचिव दानबहादुर केसीले पार्टी प्रवेश गरेका कार्यक्रतालाई स्वगत गर्दै केहि व्यक्तिहरु छुट्टिएर टाढा गएपनि ढिलो चाँडो एमालेमा नै फर्किने बताए । उनले नेकपा एमालेलाई सागरको संद्या दिदै खोला नाला, नदि मिसिएर सागर बने भै नेकपा एमाले सबै अट्ने सागर भएको बताए । के.सीले नेकपा एमाले प्रवेश गर्ने सबैलाई धन्यबाद दिदै एकजुट भएर अब संगै सहकार्य गर्ने पनि बताए । कार्यक्रममा अनेमा संघको केन्द्रीय सदस्य तथा गाउँ पालिका उपाध्यक्ष सहनशीला ओली डि सी, वडा अध्यक्षहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए । एमाले कालिमाटी गाउँ कमिटी अध्यक्ष केशर बुढाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मित्रलाल सुनारले गरेका थिए ।