९ असोज २०७८

केहि समय अगाडी जेल परेका चरचित गायक प्रकाश कटुवाल आफू निर्दोष साबित हुदै जेलबाट फर्किए पछि पहिलो गीत सुन्तली नामक बजारमा ल्याएका छन। गीतमा प्रकाश कटुवालकै निकै उत्कृष्ट टिपिकल शब्द र मन छुने लयमा कटुवाल सङ्गै चरचित तथा लोकप्रिय गायिका टिका सानु, गोबिन्द गौतम र निर्मला लामाको कणर्प्रिय आवाज रहेको छ भने गीतमा चर्चित गायिका टिका सानु र प्रकाश कटुवाल संगै चर्चित मोडल एलिना रायमाझी र काली आमा को अभिनय रहेको देखिन्छ। निकै ठट्यौलि गीतमा प्रकाश कटुवालले टिका सानुलाई मन पराएको र टिकाले पनि माया गरे झै खुब्बै जिस्काएको कथा बिशेष रुपमा देखाइएको छ।
प्रकाश कटुवालको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा बिक्रम चौहानको निर्देशन रहेको छ ।
उसोत प्रकाश कटुवालका केहि पहिलेका गित यो रक्सीको गन्ध, ओठमा लाली भर्नु पर्दैन, ढाढे बिरालो, छेकेन जामाले, फूल फुल्यो केशरी, घ्यूयै लाएन जस्ता थुप्रै गितहरु निकै चलेका थिए। यो पालिको गित पनि दर्शक श्रोताको माया सहितको कमेन्ट र गित भित्र देखिएको दृश्यले पनि गीत चल्ने पक्का देखिएको छ।