शंकर बि.क तिवारी
सल्यान ३०, भाद्र ।
नेपाली काँग्रेस को आसन्न १४ औं महाधिवेशनको पुर्वसन्ध्या मा ध्रुवराज पुरी को सयुक्त प्यानले आज देखि प्रतिनिधि भेटघाट कार्यक्रम कपुरकोट गाउँपालिका बाट सुरूवात गरेको छ । सयुक्त टिममा सभापतिमा ध्रुवराज पुरी, उपसभापतिमा चक्र देवकोटा, डिल्ली बहादुर बुढाथोकी सचिवमा प्रकाश भण्डारी, लोकराज आचार्य सह सचिवमा जनकराज गौतम, पदम बुढाथोकी रहेका छन् ।सदस्यहरूको अझै टुङ्गो नलागेको र पालिका अधिवेशन पछि सबै पदमा टुंगो लाग्ने शिर्ष नेताहरूले बताए ।
अभियानमा नेपाली काँग्रेस सल्यानका सभापति गणेश चन्द, नि. बर्तमान केन्द्रीय सदस्य डिल्लीराज रेग्मी नेता चक्र देवकोटा प्रदेश सभा क का प्रत्यासि एकराज डाँगि, प्रेम डाँगि, दिलमान चन्द , शा न पा का मेयर शुरेस अधिकारी नेविसंघ सल्यानका पुर्व अध्यक्ष दिपक जंग चन्द, महिला नेत्री पदमा शाह, शुसिला बस्नेत प्रेस युनियनका केन्दिय सदस्य युवराज रेग्मी युवा नेता शनत कुमार शर्मा, प्राण कुमार राई , नेविसंघ सल्यानका उपाध्यक्ष प्रेमनारायण वि क, नेविसंघ सल्यानका प्रवक्ता मोहन वलि नेविसंघका जिल्ला सदस्य प्रमोद भण्डारी द्रोण प्रकाश चन्द, सुशील शाह भरत गिरि, गोमा पोख्रेल, चन्द्रिका हमाल, रामजि देवकोटा लगायत जिल्ला तहका नेताहरूलाको सहभागीता रहेको रहेको छ । जिल्ला लाई काँग्रेसमय बनाउना विधि विधानम रहि कार्य गर्ने काँग्रेस बनाउन गुट उपगुटको अन्त्य गर्नको लागि जिल्ला का ३ शिर्ष नेता एक भई युवा पुस्तालाई साथमा लिई युवा को जोस र बुढा को बुद्धिलाई संमायोजन गरी अनुशासित काँग्रेस बनाउना अग्रजको आशिर्वाद लाई अभियानमा लागेको र साँच्चिकै यो टिम आउना सके अबको स्थानीय चुनाव प्रदेश र संघ को चुनाब काँग्रेसले सजिलैसंग जित्न सक्ने र जिताउना सक्ने अठोट रहेको नेपाली काँग्रेसका सचिव प्रकाश भण्डारीले बताए । आजबाट सुरूवात भएको अभियान जिल्लाका विभिन्न ठाउँ हुदै ७ गते दार्मा गाउपालिकामा गएर टुङगिने छ ।




