सल्यान २२, भदौँ ।
सल्यानमा राप्ती गजल संगम कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद सल्यानको आयोजनामा १५६ औं मोति जयन्तीको अवसर पारेर मंगलवार जिल्लाको सदरमुकाम खलंगामा राप्ती गजल संगम कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सल्यान, दाङ्ग र रोल्पाका ३÷३ जना गजलकार गरेर ९ जना गजलकारहरुले गजल प्रस्तुत गरेका थिए ।
कला साहित्य र संस्कृतिलाई निरन्तर प्राथमिकतामा राख्दै थप साहित्यिक उजागरका लागि कार्यक्रम आयोजना गरिएको राप्ती साहित्य परिषद सल्यानले जनाएको छ । परिषद्का अध्यक्ष प्रविन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेत, राप्ती साहित्य परिषदका केन्द्रिय सल्लाहकार डा. पुर्ण भण्डारी पंकज, केन्द्रिय उपाध्यक्ष दिपक शर्मा (समिर), सल्यान शाखाका सल्लाहकार बिष्णु शर्मा, मौषमदास श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सल्यानका सृजना देवकोटा, वाईबी जिएम, राजेन्द्र जिएम, दाङबाट प्रतीक सङ्ग्रामी, भुमी क्षेत्री, आशिष कल्पबृक्ष र रोल्पाबाट सन्तोष मगर, सपना डाँगी र दिलकुमारी बुढामगरले गजलहरु प्रस्तुत गरेका थिए । राष्ट्रि«यता, देशभक्ति, सामाजिक बिकृति र समाजको यतार्थता बोल्ने भावहरु समेटिएका गजलहरु प्रस्तुत गरिएको थियो । परिषदका उपाध्यक्ष इन्द्र भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममको सञ्चालन सचिव तारादेव शर्माले गर्नुभएको थियो ।