भदौ १८, सल्यान ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलाबजंग शाहले हरेक ठाउँमा महिलाको सहभगीता सशक्त रूपमा रहनुपर्ने बताएका छन् । एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ ९अनेमसंघ० जिल्ला कमिटी सल्यानको भेला शुक्रबार सल्यान खलंगामा सम्बोधन गर्दै प्रदेश सांसद समेत रहेका शाहले प्रत्येक स्थानिय तहमा महिलालाइ उपाध्यक्ष र सदस्य पदमा मात्रै सिमित राख्ने गरेको र अब त्यसो नभएर महिलालाइ अध्यक्षको रूपमा स्थान दिनु पर्ने बताए ।
भेलाले सरिता हमालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कमिटी पुनर्गठन गरेको छ । पुनृगठित समितिको उपाध्यक्षमा प्रेम कुमारी बस्नेत, भिमा बुढाथोकी, सचिवमा पुष्पा कुमारी बोहरा र कोषाध्यक्षमा राधा सुनार रहेका छन् ।
कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्य तथा जिल्ला उपाध्यक्ष भिम बहादुर सेन, अनेमसंघ केन्द्रिय सदस्य कुन्ती बस्नेत, अनेमसंघ केन्द्रिय सनशिलता ओली डिसी, पार्टी जिल्ला सदस्य चन्द्रीका पुन, अनेरास्ववियु जिल्ला अध्यक्ष राम बहादुर केसी लगाएतको उपस्थिती रहेको थियो । सरिता हमालको सभाअध्यक्षता तथा लक्ष्मी सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पुष्पा बोहोराले गरेकी थिइन ।
