भदौ ११, सल्यान ।

सल्यानमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ५ अधेरिखोला निबासी ५० बर्षिय बम बहादुर खत्री मृत अबस्थामा फेला परेको हुन् । गाउँपालिकाको वडा नम्बर ५ को वडा कार्यालय नजिकै उनको शव भटिएको छ ।

शव भटिएपछी घटनास्थलको सुरक्षाको लागि इप्रका फारुलाचौरबाट प्रहरी खटिएको र इप्रका थारमारे बाट इनस्पेक्टर सहितको टोली घटनास्थल तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताए ।

घटनाको अनुसन्धानको लागि बिदामा रहेका डिएसपी गोविन्द थापा बिदा रद्द गरेर नेपालगन्जबाट तालिम प्राप्त कुकुर ल्याएर साँझसम्म घटनास्थलमा पुग्ने प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

दुइ महिना अगाडी मात्रै सोहि वडा निवासी २८ वर्षीया एक युवती खोलामा मृत अवस्थामा फेला परिकी थिइन् । उनको बला’त्कारपछि ह’त्या भएको हुनसक्ने परिवारले आशंका गरेका थिए । उक्त घटनाको पनि प्रहरी अनुसन्धानमै छ ।