साउन २७, सल्यान ।

सरकारले भुमी सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोध गर्दै मानव अधिकार एलाईन्स सल्यानले प्रधानमन्त्री सेर बहादुर देउवालाइ ध्यानाकर्षण पत्र पठाको छ ।

बुधबार सल्यानमा क्रियाशिल विभिन्न संघ सस्थाहरुमा आवद्ध मानवअधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी लक्षमीदेवी हुमागाइमार्फत प्रधानमन्त्रीलाइ ध्यानाकर्षण पत्र पठाएका हुन् ।

२०७८ साउन १९ गते मन्त्री परिषद्को बैठकले आयोग खारेजी गर्दा नेपालको संविधानको धारा ३७ अन्तर्गतको आवासको हक, धारा ४० अन्तर्गत दलितको हक र धारा ४२ को सामाजिक न्यायको हकको सुनिश्चितता हुने विषयलाइ अन्यौलता तर्फ लगेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

सो निर्णय फिर्ता लिइ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको सम्मान गर्न पत्रमा माग गरिएको छ।

त्यस्तै, महाकाली नदिमा साउन १५ गते भारतीय सुरक्षाकर्मीले तुइन काटेर वेपत्ता पारिएका जयसिंह धामी घटनाको छानविन गरी कारबाहीको माग समेत पत्रमा गरिएको छ ।

नागरिकहरुलाइ कोरोना खोपको सुचिश्चितता गर्न लगाएतका मागहरु समेत गरिएको छ । प्रमुख जिल्ला अधिकारीले आजै उक्त पत्र सरकारलाइ मेलमार्फत पठाउने बताइन् ।