सल्यान २०, असार ।

नेपाली काँग्रेसका सभापति गणेश चन्दले सल्यान क्षेत्र न (ख) का सभापति सन्तोष केसिको समाजिक संजालमा नेपाली कांग्रेस सल्यान र क्रियाशिल सदस्यताका सन्दर्भ बारे दिएको अभिव्यक्तिलाई समाजिक संजालबाटै जवाफ दिएका छन् । केसिले आफ्नो समाजिक संजालमा नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट जिल्लामा प्राप्त नयाँ क्रियाशिल सदस्यता प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमिति (ख) मा २ लटमा प्राप्त सदस्यता फारमहरु मातहतका समितिलाई उपलब्ध बनाइएको बताएका छन् । तर मातहतका समितीहरु बाट आएका फारामहरु क्षेत्रीय कार्यसमितिले स्वीकृत गर्नुपर्ने प्राबधान रहेतापनि पार्टी सभापती गणेश चन्द ज्यूले हस्तक्षेप गरि बनगाड कुपिन्डे र शारदा नगरपालिकाको केही वडा हरुको सदस्यता फारामहरु क्षेत्रीय समितिलाई उपलब्ध नगराई आफै स्वीकृत गरेको प्रती आफ्नो गम्भीर आपत्ती भएको लेखेका छन् । तर पार्टि सभापति गणेश चन्द भने क्रियासिल सदस्यता ब्यबस्थापन गर्ने सन्दर्भमा जिल्लाले प्राप्त गरेको ३ दिन भित्र क्षेत्रलाई, क्षेत्रले प्राप्त गरेको ३ दिन भित्र गाँउपालिका त्यसैगरि वाडमा पु¥याउनु पर्ने, अनि वाड समितिले बैठक बसालि को–को लाई सदस्यता दिने भनेर निर्णय गर्नुपर्ने र भरिएका फारम हरु सोहि प्रक्रिया बाट जिल्लामा आइ केन्द्रको लागि इन्ट्री हुन्छ । मैले त त्यहि गरे तर तपाँइले के गर्नुभयो ? भनि प्रश्न समेत गरेका छन् ।
हेर्नुहोस
सल्यान क्षेत्र न (ख) का सभापति सन्तोष केसिको समाजिक संजालमा नेपाली कांग्रेस सल्यान र क्रियाशिल सदस्यताका सन्दर्भ बारे दिएको अभिव्यक्तिNo description available.

No description available.

नेपाली काँग्रेसका सभापति गणेश चन्दको जवाफ

No description available.

No description available.