सल्यान २५, जेष्ठ ।
पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र यज्ञ बिकको आवाजमा छापामार आँखाले बोलको गीत सार्वजनिक भएको छ । यज्ञ बिक युट्युब च्यानबाट गीत सार्वजनिक भएको हो । मुलुकमा जारी निषेधाकाबीच पनि सार्वजनिक भएको गीतलाई दर्शकले रुचाएका छन् । गीतमा लोकप्रिय गायक तथा मोडल चक्र बम, र एनिसा पोखरेलले अभिनय गरेका छन् । राजु सुनामको शब्द संगीत रहेको गीतको भिडियोलाई चर्चित निर्देशक बिक्रम चौहानले गरेका छन् । सल्यानी लोक तथा दोहोरी गायक यक्ष बि.कले सयांै लोक प्रिय गितहरुबाट दर्शक स्रोताको मन जित्दै आएका छन् । गायक बि.कले भने गित राम्रो बनाउनाको लागि धेरै मेहेनत गरेको छु, एक चोटी गितको भिडियो हेरेर तथा गित सुनेर प्रतिकृया दिना र देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दर्शकहरुले शेयर गरेर साथ दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु, धन्यवाद ।
