काठमाडौं २२ जेठ ।
लोक दोहोरी गायक यज्ञ बिक र डान्सर यमुना रसालले निषेधाज्ञाका कारण घर जाना नपाएका र समस्यामा परेका कलाकाकार हरुलाई खाद्यन्न सहयोग गरेका छन् । उनिहरुले काठ्मान्डौका दोहोरी सांझमा काम गरेर जिवन चलाईरहेका तथा कोरोनाका कारण दोहोरी साँझ बन्द भए पछि काम बिहिन भई आर्थिक समस्या भएका कलाकर्मिलाई खाद्यन्न सहयोग गरेका छन् । एसटिईपिपिएन डान्स स्टुडियोको सहकार्यमा यज्ञ र यमुनाले सयृक्त रुपमा ४० हजार बराबरको खाद्यान्न सहयोग गरेको गायक यज्ञ बि.कले जानकारी गराएका छन् । उनले दोहोरी सांझमा काम बिहिन भएका कलाकारहरुलाई खान समेत समस्या भएको भन्ने खबर सुनेर आफुले सक्ने जति सहयोग गरेको बताए । यस्तो अप्ठेरोमा परेकोलाई सक्ने जतिले सहयोग गर्न उनीहरूको आग्रह रहेको छ । यज्ञ र यमुना नेपाली सांगीतिक क्षेत्रका सक्रिय कलाकारहरु हुन् ।

कोरोना महामारीका कारण यतिबेला अन्य क्षेत्रसंगै कला क्षेत्र पनि बन्द भएका छन् । कला क्षेत्रका अधिकांश सर्मिक कलाकारहरुलाई यो विषम परिस्थितिमा भोकमरीको समस्या बहिरिरहेको छ । तर कला क्षेत्रमा स्थापित भएका अधिकांस कलाकारहरुले भने समस्यामा परेका सर्वसाधारण एवम् अन्य कलाकारहरुलाई सहयोग पनि गर्दै आइरहेका छन् ।