सल्यान २३ बैशाख ।
सल्यानमा निषेधाज्ञाको जारी भएको आज पौचौ दिन भएको छ । यातायातका साधनहरु ठप्पै रहेका छन् भने बजार पूर्ण रुपमा बन्द रहेका छन् । हिजो सम्म पाँच बजे पछि हल्का तरकारी पसलहरु खुले पनि आज भने तरकारी पसल पनि खुलेको छैनान् । निजि तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने अत्यावश्यकीय क्षेत्रका केही सवारी साधन मात्र चल्न दिइएको छ । जेठ १ गतेसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागु गर्न सुरुक्षाकर्मिहरु तैनाथ गरिएको छ । अत्यावश्यक सेवा र अनुमति बाहेकका सवारी साधनलाई चल्ना अनुमति दिईएको छैना । सुरुक्षा सवधानि अपनाई केहि मात्र बजार क्षेत्रमा मान्छेहरु आवत जावत गरेपनि मान्छे सबै जसो मानिस घरमै बसि रहेका छन् । हाल सम्म सल्यानमा सक्रिय संक्रमितको संख्या ४ सय १५ पुगेको छ । संक्रमितमध्ये २० जनाको सल्यान अस्पताल र ५ जनाको अन्य स्वास्थ्य संस्थानमा उपचार भैरहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । बाँकी ३ सय ९० जना भने होम आइसोलेशनमा बसिरहेका छन् ।










