सल्यान २२ बैशाख ।
सल्यान उधोग वाणिज्य संघ सल्यानले जिल्लामा २५ थान अक्सिजन सिलिन्डर ल्याउना लागेको जानकारी गराएको छ । वाणिज्य संघले सल्यान जिल्लाका सरकारी तथा निजि हस्पिटलहरुमा रहेका २५ थान खाली सिलिन्डर नेपालगञ्ज लिएर अक्सिजन भर्ने कार्य भईसकेको र आजै जिल्लामा ल्याई पु¥याउने सल्यान उधोग वाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकी जानकारी गराएका छन् । अक्सिजन सिलिन्डर आवश्यता अनुसार जिल्लामा सरकारी तथा निजि हस्पिटलहरुलाई वितरण गरिने छ । कोरोना लागेका तथा निजि हस्पिटलमा उपचार गराई रहेका अक्सिजनको आवश्यता परेका बिरामिलाई पनि निशुल्क रुपमा सो अक्सिजन उपलब्ध गराईने सल्यान उधोग वाणिज्य संघले जनाएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको बेला सल्यान उधोग वाणिज्य संघ सल्यानले संघकै लगानिमा जिल्लामा २५ थान अक्सिजन सिलिन्डर व्यावस्था गरेको वाणिज्य संघले जानकारी गराएको छ । यो विपदमा सल्यान उद्योग वाणिज्य संघ निरन्तर लागिरहने अध्यक्ष बुढाथोकीले बताए ।

