सल्यान २२ बैशाख ।
सल्यान अस्पतालमा कर्णाली प्रदेश सरकारले भरेर पठाएका ११ वटा अक्सिजन सिलिन्डर शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले सबैको पहलमा जिल्ला अस्पतालमा लिइ पु¥याएको बताएका छन् । उनले आफनो समाजिक संजाल फेसबुक मा जानकारी गराउदै आफुले सल्यान अस्पतालमा अक्सिजनको कमि भए पछि धेरैलाई फोन गरेर लगातारको प्रयासपछि जिल्ला अस्पताल बाट सिलिन्डर अक्सिजनका भर्न सुर्खेतमा पठाईएको र बल्ल अक्सिजन सहितको सिलिन्डर सल्यान अस्पतालमा ल्याउना सफल भएको बताएका छन् । उनले आफनो समाजिक संजाल मार्फत यस्तो जान्कारी गाराएका छन् । “काम जसले गर्छ उसले जस पाउनु पर्छ । गलत प्रचारको पछि नलागौं , हामिले जनता माझ यसरी झुट कुरा गर्न लागिउ भने हामि भोलिका दिनहरुमा जनताको नजरमा राम्रो बन्दैनौं । त्यसैले यथार्थमा रमाउन सिकौं”। उनले यो कार्य कुनै व्यक्तिको मात्र पहलले नभएको बताए । यो कार्य प्रदेश सरकार, स्थानिय सरकार, जिल्ला प्रशासन कार्यालय सल्यान र सल्यान अस्पतालको प्रयासले भएको जानकारी गराएका छन् । उनले यो कार्यमा सहयोग गर्ने सम्पुर्णमा धन्यबाद समेत व्यक्त गरेका छन् ।