बैशाख १३, सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले ५ दिनको लागि आफ्नो सेवा प्रवाह बन्द गरेको छ ।
गाउँपालिकामा कार्यरत केही कर्मचारीहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले गाउँपालिका कार्यालयबाट हुने अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सेवाहरु बैशाख १३ गते सोमबार देखि १७ गतेसम्मका लागि बन्द गरिएको अध्यक्ष सन्तोष केसीले बताए ।
कोभिड(१९ को जोखिमलाई न्युनिकरण गर्न स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्डहरु अबलम्बन गरि सुरक्षित रहेर सहयोग समेत उनले सबैलाइ आग्रह गरेका छन् ।
सल्यानमा पनि पछिल्लो पटक कोरोना संक्रमण तिब्र रुपमा बढ्दो अवस्थाको छ ।
