काठमाडौं, वैशाख १२ गते ।

सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने भएको छ । नेकपा एमाले १०औं महाअधिवेशन आयोजक कमिटीको तेस्रो बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुरा बताउनुभएको हो ।

उहाँले हटस्पटमा अलग्गै लकडाउन हुनसक्ने तर देशव्यापी लकडान तत्काल नगरिने स्पष्ट गर्नुभयो । बैठकमा शनिवार बसेको कोभिड मेनेजमेन्ट कमिटीको बैठकका निष्कर्ष जानकारी गराइएको थियो । बैठकमा कोरोना भाइरसको डबल म्यूटेन देखिएको र तेस्रो पनि आशङ्का गरिएको जानकारी गराइएको थियो ।

हिजोको बैठकमा अक्सिजन प्लान्ट विस्तार र औषधिको व्यबस्था गर्ने बारे छलफल भएको र सोही अनुसार पार्टी कमिटीलाइ पनि कोभिडविरूद्ध परिचालन गर्ने आजको बैठकमा छलफल भएको जानकारी गराउनुभयो ।