सल्यान २९ चैत ।
सल्यानको श्रीनगरमा रहेको संकल्प प्राविधिक कलेजले उधम विकास सहजकर्ता (E.D.F) पढ्नाको लागि भर्ना भएका नयाँ बिद्यार्थिलाई स्वागत तथा नयाँ बर्ष शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कलेजले शनिबार एक कार्यक्रमको आयोजना गरी स्वागत तथा गत बर्षका बिद्यार्थिलाई सम्मान संगै शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । बिद्यार्थिलाई आफ्नो कजेलमा स्वागत गर्दै संकल्प प्राविधिक शिक्षालयका संचालक राजकुमार वलिले बिगत केहि बर्ष देखि शिक्षालयले उधम विकास सहजकर्ता (E.D.F) पढाईरहेको र यो कलेजमा पढेका सबै बिद्यार्थिले जब पाई सकेको बताएका छन् । उनले नयाँ भर्ना भएका बिद्यार्थिले आफ्नो मिहेनत र परिश्रम गरेर पढ्ना अनुरोध गरेका छन् । उनले बजारमा पढेका बिद्यार्थिको माग धेरै भएकोले पनि पढिसके पछि कामको चिन्ता लिनुनपर्ने बताएका छन् ।
तेस्तै कार्याक्रमा स्वागत मन्तव्य दिदै कार्यक्रमका प्रमुख अतिथि नेपाल दलित बिधार्थी संघको केन्द्रीय उपाध्यक्ष प्रेम नारायण बि.क ले जुनसुकै मान्छे लक्ष्यमा पुग्ना मिहेनत र परिश्रमसंगै अनुशासनको पनि महत्वो रहने बताएका छन् । उनले बिद्यार्थिको जिवन एक संघर्षशिल जिवन भएको बताउदै तेहि संघर्षलाई सहेर जसले मिहेनत गर्न सक्छ, त्यो भबिश्य एक असल र शिक्षित मान्छे हुना सक्ने बताएका छन् । कार्यक्रममा सोहि कलेजकी शिक्षिका स्वोचना प्रधानले बिद्यार्थिको उज्वल भबिश्यको कामना गर्दै सबैलाई नयाँ बर्षको शुभकामना पनि दिएकी थिईन । कार्यक्रमको सञ्चालन सोहि बिद्यालयमा अध्यानरत छात्रा अन्जना थापाले गरेकी थिईन ।
