सल्यान २४, चैत ।
नेपाल दलित बिद्यार्थी संघको केन्द्रीय उपाध्यक्षमा सल्यानका प्रेम नारायण बि.क मनोनित भएका छन् । नेपाल दलित बिद्यार्थी संघले संगठन बिस्तार गर्ने क्रममा कर्णाली प्रदेशबाट प्रेम नारायण बि.क लाइ केन्द्रीय उपाध्यक्ष पदमा मनोनित गरेको छ । सोमबार काठमाडौँमा भएको संघको बैठकले नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मीन बिश्वकर्मा र नेपाल दलित बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारले मनोनित पत्र प्रदान गरि मनोनित गरेका हुन ।
नेपाल दलित संघको चैथो महाधिबेशन पश्चात नेपाल दलित बिधार्थी संघको विधानको धारा १८ को ९२० बमोजिम गठित नेपाल दलित संघको बिधान अनुसार उपाध्यक्ष मनोनित गरिएको हो । बि.क नेपाल बिद्यार्थी संघ सल्यानका उपाअध्यक्ष पनि हुन । उनि नेपाली काँग्रेस सल्यानको युवा राजनितिमा सक्रिय नेता मानिन्छन् ।

No description available.