शंकर बि.क तिवारी
सल्यान, ११ चैत
नेपाली काँग्रेस सल्यानका नेता क्षेत्र बहादुर वि क (ईश्वरि) नेपाल दलित संघको आमन्त्रित केन्द्रीय सदस्य मा मनोनित भएका छन् । दलित संघ केन्द्रीय समिति को आयोजना मा प्रदेश नं १ सुनसरिको धरानमा भएको कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेस का सभापति शेरबहादुर देउवाले वि क लाई मनोनयन पत्र हस्तान्तरण गरेका छन् । ३० बर्ष देखि लामो समय राष्ट्रिय जनमोर्चाको राजनितीमा क्रियाशील भएका विक सल्यान जिल्लाको राजनीति सगै जातिय समता समाजका केन्द्रीय सदस्य समेत भएका थिए । देशको बदलिदो राजनिति अबस्था सगै वि क २०७४ साल मा नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनि नेपाली काँग्रेसको जिल्ला कमिटी सदस्य मा रहि क्रियाशिल रूपमा काम गरेकोले उच्च मुल्यांकन गर्दै नेपाल दलित संघ केन्द्रीय कमिटीले वि क लाई केन्द्रीय कमिटिमा मनोनयन गरेको छ ।