सल्यान , २ चैत्र ।
सल्यान उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनको लागी पाल्गुन २९ भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार महासंघको नेतृत्व महासचिव र एकजना जनजाति सदस्य बाहेक सबै पदमा कुमार बुढाथोक्किो संयुक्त व्यवसायिक प्यानल बिजयी भएको छ । संयुक्त व्यवसायिक प्यानलबाट अध्यक्षमा कुमार बुढाथोकी, बरिस्ठ उपाध्यक्षमा बिरेन्द्र प्रकाश श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा भरत कुमार बस्नेत, उद्योग उपाध्यक्षमा प्रेम कुमार पुन, सचिवमा सुरेश कुमार केसी र कोषाध्यक्षमा सुरेन्द्र बुढा बिजय भएका हुन । त्यस्तै प्रगतिशील ब्यबसायिक प्यानल बाट महासचिवमा मोहन सारु र जनजाति सदस्यमा निरज सिंह मात्रै निर्वाचित भएका छन । प्रगतिशील प्यानललाई नेकपा माओबादि केन्द्र र एमाले माधब समुहले साथ दिएको थियो भने संयुक्त प्यानाललाई नेपाली कांग्रेस, एमाले केपी समुह र राप्रपाले अधि सारेको थियो ।
