नोखिराम थापा
सल्यान, २६ फागुन ।
नेपाल भौगोलिक बिबिधताले धनी देश हो । यहाँ थुप्रै जात–जातिका मानिसहरु बसोबास गर्दछन् । ती जातीहरुको आ–आफ्नो धर्म संस्कृति र रितिरिवाज रहिआएको छ । त्यस अन्तर्गत हिन्दुधर्म प्रमुख धर्म हो । यसमा धेरै चाडपर्वहरु छन् । बिभिन्न चाडपर्वहरुको आ–आफ्नो महत्व छ । सबैले आफ्नै ढङ्गले रितिरिवाज मनाउने गर्दछन् । हिन्दु धर्मालम्बीहरुको लागि विभिन्न चाडपर्वमध्ये महाशिवरात्रि पर्व एक महान पर्व हो । फागुन कृष्ण चर्तुदशीको दिन मनाइने यस वर्षमा देशभरका शिबमन्दिरहरुमा पूजाआजा गर्नेहरुको ठूलो भीड लाग्ने गर्दछ । यस दिन दिनभर व्रत बसेर रातमा जागा बस्ने प्रचलन छ । यसो गर्दा भगवान शिव प्रसन्न हुने र शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट जानी–नजानी गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ । शिवरात्रीमा व्रत बस्नाले ठूलो फल प्राप्त हुने मान्यता पनि छ । शिवजीलाई प्रशन्न बनाउन अविवाहित नारीहरु पनि बर्त बस्ने गर्दछन् । शिवरात्रीको दिन भगवान शिव र पार्वतीको बिहे भएकोले पनि यस दिनलाइ विशेष महत्वका साथ लिने गरिन्छ ।

No photo description available.

शिवरात्रीको अवसरमा सल्यान जिल्लामा रहेका बिभिन्न ठाउँहरुमा अबस्थित शिव मन्दिरहरुमा पुजा तथा दार्शनार्थिको भिड लाग्ने गर्दछ । सतीदेवीका अङ्ग पतन भएका मुख्य शक्तीपिठ मध्यका करङ्ग पतन भएको लक्ष्मीपुर शक्तीपिठ र सतीदेबीको अन्तिम अंग भएको छायाक्षेत्र मन्दिरमा बिशेष भव्य शिवरात्रीको मेला लाग्ने गर्दछ । बिहानै देखी यि मन्दिरहरुमा भक्तजनहरुको भिड लाग्ने गर्दछ । No photo description available.

यस्तै श्रीनगरमा रहेको शिवाथान मन्दिर दमाचौर काल्चेमा रहेको शिव मन्दिर लुहाममा अबस्थित त्रिबेणीधाम मन्दिर शंखमुलमा अबस्थित शंखमुल र मुल नजिकै रहेको मन्दिरमा पनि पुजा गरिन्छ । बागचौर नगरपालिका वडा नं ९ को पातिहाल्नमा अवस्थित शिव मन्दिर फालाबाङमा रहेको शिव मन्दिर पिपलनेटाको मोख्लामा पर्ने शिव गुफामा दर्शानार्थीहरुको भिड लाग्ने गर्दछ भने शिवजी बिशेष पूजा आराधाना हुने गर्दछ । महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा,अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।No photo description available.

यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ । शिवरात्री पर्वलाई हिन्दु समुदायमा बिशेष आस्था,बिस्वास र महत्वका साथ मनाउने गरिन्छ ।

No photo description available.

No photo description available.महत्व
शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । शिवको अर्थ कल्याण हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति हुनुहुन्छ । शिवरात्रीलाई भगवान् शिवको प्यारो दिनका रूपमा पनि लिइन्छ । पौराणिक कथा अनुसार समुद्र मन्थन गर्दा निस्केको कालकुट विषलाई भगवान शिवले आफ्नो कण्ठमा राखी संसारलाई विनाश हुनबाट बचाउनु भएको कथा रुद्रीको महत्वसँग जोडिएको छ । भगवान शिवसँग सम्बन्धित पौराणिक कथाहरुमा लिंग पुराणका अनुसार पार्वतीले शिवजीसँग तपाइको लागि सबैभन्दा उत्तम ब्रत बताउनु होस् भनी सोध्दा समस्त दान, यज्ञ, तपस्या, ब्रत आदिले प्राप्त नहुने पुण्य केवल शिवरात्रीको ब्रतले प्राप्त हुन्छ भनी शिवजीले भन्नुभएको कथा उल्लेख हुन आउँछ । शिवरात्रीको अर्थ हुन्छ शिवको रात्री । यस दिनको मूख्य विशेषता भनेको कठोर उपबास तथा रातभर जागरण बसी भगवानको आराधना गर्नु हो । भगवान शिवका सच्चा भक्त त्यो हो जस्ले शिवरात्रीको रातमा गहिरो साधना तथा उपबास बसी जागरण गर्दछ । भगवानलाई पूजा गर्न चढाइने फूलहरु, बेलपत्र तथा अन्य फलफूलहरु हुन्छ जुन सबै शिव लिंगमा चढाइन्छ ।

No photo description available.त्यस्तै प्रकारले दुध, दही, घ्यु नरिवलको पानी, नौनी तथा महले भगवान शिवलाई स्नान गराइन्छ । महाशिवरात्रीको दिन परम्परा अनुसार सबेै भक्तजनहरु सबेरै नुहाइ धुवाइ गरी भगवान शिवको पूजा आराधना गर्दछन् । सकेसम्म विभिन्न पवित्र नदीहरुमा गएर पूजा गर्दछन । पबित्र नदीको जल घडामा भरेर ल्याई भगवान शिवको लिंगमा चढाउँछन् तथा भगवान बिष्णु र सूर्य को पनि पूजा आराधना गर्दछन् । हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ । यस दिन भक्तजनहरुले कसैले दूध पनि चढाउँछन । हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्बृक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ । फागुन कृष्ण चतुर्दशीका दिनमा स्नान गरी शुद्ध मनले निराहार बसी रातभर जागा बसेर भगवान महादेवको पूजा आराधना गरेमा सबै कार्य सिद्ध हुन्छ । भगवान शिव अत्यन्त दयालु देवता हुनुहुन्छ र उहाँ प्रसन्न भएमा आफुले इच्छाएको पूरा हुन्छ भन्ने विश्वास गरिन्छ ।

मिसएिको बिकृति पनि
पर्व मनाउने बाहानामा बिभिन्न नकरात्मक क्रियाकलापहरु वढ्दै गएका छन् । चाडपर्वलाई संस्कृति भन्दा पनि वढि मनोरञ्जन र समय व्यतित गर्ने माध्यमको रुपमा बिकशित गरिदै आएको देखिन्छ । भगवान् शिवलाई प्रसन्न पार्ने हेतुले शिवको प्रिय् गाँजा, भाङ, धतुरो घोट्टा आदिको खुलम खुल्ला सेवन गर्ने चलन छ । यो खाएपछी शिव खुशी हुन्छन् भन्ने मान्यतालाई युवापुस्ताले मनोरञ्जनको माध्यम पनि बनाएका छ्न । बिहानैदेखि नशालु पदार्थ सेवन गर्ने एकआपसना झैझगडा गर्ने जस्ता क्रियाकलाप हाम्रो समाजमा ब्याप्त छ । एकदिन गरिएको रमाइलोले कतिपय युवापुस्ता कुलतको सिकार बन्न पुगेका छन एस्ले पछिसम्मको लागि नकारात्मक असर पारेको छ ।