१८ फागुन, काठमाडौं ।
जनता समाजवादी पार्टी जसपा का संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनाव सरकार बनाउन प्रस्ताव गरेका छन् ।
अहिलेको समस्याको जरो २०६५र०६६ पछि भत्किएको राजनीतिक सहमति भएको भन्दै उनले पुरानै ठाउँमा फर्किएर ‘फर्गिभ एण्ड फर्गेट’ ९माफ गर र बिर्सिदेऊ० को स्पिरिटमा राजनीतिक सहमति गर्नुपर्ने बताएका हुन् । स्वास्थ्य उपचार गरेर मंगलबार स्वदेश फर्किएका भट्टराईले ट्वीटरमार्फत सहमतिमा चुनावी सरकार बनाउने प्रस्ताव गरेका छन् ।
यसरी बन्ने सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतिमा संविधान संशोधन गर्ने, संवैधानिक अंगहरुलाई निष्पक्ष बनाएर सुशासन दिने, समावेशी समृद्धिको वृहत गुरुयोजना बनाएर कार्यान्वयन गर्ने र छिमेकमा बदलिँदो भूराजनीतिलाई ध्यान दिँदै मुख्यतस् भारत, चीन र अमेरिकासँग सम्बन्ध राम्रो बनाउनु पर्ने उनको बताएका छन् ।onlinekhabar
