फागुन १६, सल्यान ।

सल्यानको पर्यटकिय स्थल कुपिण्डे तालमा ‘जलमा गजल’ कार्यक्रम सिजन – २, सँगै ‘क्यानभासमा सल्यान’ नामक पुस्तक बिमोचन गरिएको छ ।
शनिबार, सल्यान कला साहित्य परिषद,सल्यानको आयोजनामा कुपिण्डे तालमा ‘जलमा गजल’ सिजन – २ कार्यक्रम सँगै परिषदले प्रकाशित गरेको ‘क्यानभासमा सल्यान’ नामक पुस्तक बिमोचन गरिएको हो ।
‘जलमा गजल’ सिजन – २ अन्तरगत बिशेश आकर्षणको रूपमा लिला पोख्रेल ९सुर्खेत०, जनक चन्द ‘ऋतु’ ९जाजरकोट० र ओमप्रकाश देवकोटा ९सल्यान०ले आफ्ना गजलहरू प्रस्तुत गरेका थिए भने कार्यक्रम अन्य आधा दर्जन स्रष्टाहरूले फुटकर गजल बाचन गरेका थिए ।त्यस्तै परिषदले प्रकाशित गरेको ‘क्यानभासमा सल्यान’ नामक पुस्तक बिमोचन गरिएको छ । पुस्तकमा सल्यानका अधिकांश साहित्य सर्जकहरूका लेख, रचना प्रकाशीत गरिएको छ ।

पुस्तक बिमोचन र गजल वाचन पश्चात् सहभागीहरूलाई कुपिण्डे तालमा डुङ्गा सयर गराइएको थियो । परिषदले गत बर्ष पनि कुपिन्डे तालको संरक्षण र प्रवर्द्धनका लागी यसै समयमा कुपिण्डेमा ‘जलमा गजल’ कार्यक्रम राखेको थियो ।
परिषदका अध्यक्ष भरत रोकायको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका संस्थापक लोकेश जलनले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण गजलकार बाबू त्रिपाठीले गरेका थिए ।


सल्यानी साहित्यको धरहरा निर्माणमा अर्को इट्टा थपेका छौँ, अध्यक्ष रोकाय
कार्यक्रम सम्पन्न भएपश्चात सबैलाई आभार एवं धन्यवाद व्यक्त गर्दै सल्यान कला साहित्य परिषदका अध्यक्ष भरत रोकायले सल्यानी साहित्यको धरहरा निर्माणमा अर्को इट्टा थपेका बताएका छन । आइतबार सामाजिक संजाल मार्फत एक सन्देश प्रेसित गर्दै उनले यस्तो बताएका हुन ।
यस्तो छ उनको सन्देश
हामी सिकाइमै छौँ । सिकाइमै भएका हामीलाई आफू होइन सल्यानको साहित्यलाई धरहरा बनाउनु छ । बनाउने यो सिलसिलामा अथक मेहनत गर्दागर्दै पनि यो धरहराको पर्खाल कहिकतै बाङ्गोटिङ्गो भएको हुनसक्छ, हामीले तपाईंहरुबाट सल्लाह सुझावको अपेक्षा गरेका छौँ। तिनै सल्लाह सुझावलाई मनन गर्दै सल्यानी साहित्यको धरहरा निर्माणमा अगाडि बढ्नेछौँ । नेपाली साहित्य र सल्यानको साहित्यको यो धरहरा निर्माणमा हामीले पर्यटकीय स्थल कुपिण्डे दहमा “जलमा गजल” र क्यानभासमा सल्यान नामक पुस्तक विमोचन गरेर यो धरहरामा अर्को इट्टा थपेका छौँ ।
यो समारोहमा हामीलाई भरपुर सहयोग गर्नुभएका बन्गाड कुपिण्डे नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कुल बहादु पुरी, डुंगा व्यवसाय सिमितीका अध्यक्ष धनसिङ्ग गोसाई, ताल संरक्षण समिति संस्थापक दिपक कुमार यरि, यातायात व्यवसायी लोकराज रावत, लक्ष्मी इनस्टिच्युट संचालन योगेश पुन ज्यू मा हार्दिक आभार व्यक्त गर्दछौँ । स्थानीय सरोकार,सुरक्षा निकाय,पत्रकार,कर्मचारी,शिक्षक साथै उपस्थित तमाम साहित्यिक मनहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । वाचनमा रहनु भएका सर्जक लिला पोख्रेल ९सुर्खेत०, जनक चन्द ‘ऋतु’ ९जाजरकोट० र ओमप्रकाश देवकोटा ९सल्यान० ज्यूमा सम्मान व्यक्त गर्दछौँ । हाम्रो हौसलाको लागि उपस्थित जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बझाङ, दाङ, रुकुम, सल्यान, कालिकोट अछाम लगायत टाढा(टाढाबाट पाल्नु भएका आदरणीय व्यक्तित्वहरुमा चिरऋिणी छौँ ।
हाम्रो निमन्त्रणामा काठमाडौंबाट पाल्नु भएका नेपाली गजलका अभिभावक बाबु त्रिपाठी गुरुप्रति नतमस्तक छौँ ।हजुरको यो उपस्थितिले हाम्रो सिकाइमा अझैँ टेवा मिलेको छ । क्यानभासमा सल्यान भित्र समेटिनु भएका सम्पूर्ण सर्जकहरुमा बधाई । यो समारोहलाई आआफ्नो तहबाट भरपुर सहयोग गर्ने तपाई सम्पूर्णमा हार्दिक धन्यवाद ।नेपाली गजल र सल्यानको साहित्यका लागि दिनरात खट्टिने यस परिषद्का संस्थापक तथा संयोजक लोकेश ‘जलन’उपाध्यक्ष सुनिल राना ‘बिरही’ कोषाध्यक्ष जीवन ‘जलन’ सचिव तारादेब शर्मा’प्रर्दशन’ सहसचिव शान्ता बुढाथोकी,सदस्य इन्द्रा बस्नेत र निम बुढा ज्यू मा सप्रेम सम्झना। हामीले अझै धेरै गर्नु छ। हामी फेरि छिट्टै भेट्ने छौँ।