सल्यान, ५ फागुन ।
राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटी विस्तारित बैठक सल्यान श्रीनगरमा सम्पन्न भएको छ । केपि शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन राष्ट्रिय युवा संगठन नेपालको बुधबारको जिल्ला कमिटी बैठकले विभिन्न निर्णयहरु गरेको संगठनका जिल्ला सह संयोजक नवराज ओलीले जानकारी दिए । यहि महिना भित्र सल्यानका सबै स्थानिय तहहरुमा बैठक तथा भेलाबाट कमिटी विस्तार गरिसक्ने निर्णय भएको उनले जानकारी दिए ।
बैठकले ८ जनालाई राष्ट्रिय युवा संघको जिला कमिटिमा मनोनित पनि गरेको छ । बैठकमा प्रमुख अतिथिका रुपमा सहभागी नेकपाका केन्द्रिय सदस्य लोक बहादुर डांगीले युवाहरुको जोस बिकास, समृद्धि र सहि नेतृत्वलाई सहयोग गर्नमा उपयोग हुनुपर्ने बताए ।
भुमी सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिती सल्यानका अध्यक्ष समेत रहेका डांगीले दाहाल नेपालले भागबण्डाको लडाइ मात्रै नगरेको भन्दै नेपाललाइ बिदेशिको गोटि बनाउने खेलमा निरन्तर लागिरहेको बताए ।
युवा संघका सल्यान संयिजक रुपक बुढाको अध्यक्षतामा भएको बैठकका बिशिस्ट अथिती नेकपा कर्णाली प्रदेशका सदस्य तथा कपुरकोट गाउंपालिकाका अध्यक्ष भिम बहादुर सेनले जनताबाट डराएर निर्वाचनबाट भाग्न खोजेकाहरु
केपि ओलीले तय गरेको बाटो सहि रहेको जनाउदै उनले युवाहरुले सुखी नेपाली र समृद्ध नेपालको आकांक्षा पूरा गर्नका लागि महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताए ।
बैठकमा मन्तव्य राख्दै नेकपा जिल्ला सदस्य दिपेन्द्र प्रकाश डिसी, अनेम संघ केन्द्रीय सदस्य सनशिलता ओली डिसी, नेकपा जिल्ला सदस्य गनेशमान सिंह, ज्ञान बहादुर खड्का, कवि कुमार चन्द, प्रदेश परिषद सदस्य द्रोण केसी लगाएतले बोल्दै दाहाल नेपाल समुहले प्रधानमन्त्री केपि शर्मा ओलीको लोकप्रीयता सहन नसकेर प्रहार गर्न खोज्दा सडकमा आफै पछारिन पुगेको बताएका थिए ।
प्रलोभन देखाउदै अहिले दाहाल नेपाल समुहले एउटा स्थानिय तहमा ६र७ जनालाइ प्रमुखको टिकट बांडिसकेको उनिहरुले बताएका थिए ।
