सल्यान २९ माघ ।
सल्यानको शारदा नगरपालिका,वडा १५ मा रहेको दुर्गा प्राथमिक विद्यालयको संसद गुलाव जंग शाहद्वारा नव निर्मित भवनको उद्घाटन गरिएको छ । कर्णाली प्रदेश पुर्वाधार विशेष कार्यक्रम अन्तरगत आ। व।०७६र०७७ को २० लाख लागतमा श्री दुर्गा प्रावि शारदा नगरपालिका वडा नं।१५ डाँडागाउँको नवनिर्मित २ कोठे भवनको एक कार्यक्रमका विच उद्घाटन भएको जनाएको छ ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन खड्काको सभा अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा सल्यान प्रदेश सभा क का संसद गुलाव जंग शाह,विशिष्ट अतिथि शानपा वडा नं १५ का वडा अध्यक्ष हेमेन्द्रबाबु सेजवाल,अन्य अतिथिमा नेकपाका नेता तथा समाज सेवि बुद्धि बुढाथोकी ,गुमान सिं बुढाथोकी ,कुल बहादुर बुढा,लोकमान बुढाथोकी ,अनेरास्ववियू जिल्ला कमिटि सदस्य निकुञ्ज गिरि,ढोरचौर प्रहरी चौकीका प्रसनि अच्युत केसी ,आत्माराम खत्रि लगायतका महत्त्वपूर्ण व्यक्तित्वहरुले मन्तव्य राखेको जनाएको छ ।कार्यक्रम संसद शाहले शिक्षाको गुणस्तर राम्रो वनाउन पहिलो प्राथमिकता भौतिक पुर्वाधार नै रहेकोमा यश तर्फ आफ्नो वढि ध्यान केन्द्रित रहेको जनाउनु भएको थियोे ।

राम्रो साथै प्रयाप्त भौतिक पुर्वाधार नहुदा यश अघि विद्यालयको पठन पाठनमा समस्य हुने गरेको थियोे ।पहिलोपटक उक्त विद्यालयमा वजेट परे पछि दुई कोठे भवन निर्माणकार्य सम्पन्न भइ उद्घाटन भएको छ ।उक्त क्षेत्रमै सडम सञ्जाल समेत जोडिएको छ ।एकै दिन सडक उद्घाटनसँगै विद्यालयको भवन समेत उद्घाटन कार्यक्रम तय गरिएको थियोे ।माननीय गुलाव जंग शाहको विशेष पहलमा उक्त क्षेत्रका दुई वडा १४, १५ मात्रै सडक,पक्कि पुल र विद्यालयको भवनहरुमा मात्रै १३ करोड वढि विनियोजन भइ कार्यनयनमा गएको छ ।भवन,सडक सम्पन्नता भैसकेको छ भने पुलको काम जारि नै रहेको छ ।

May be an image of 2 people, people standing and outdoors