सल्यान,१६ माघ
नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदश्य तथा प्रदेश सभा सदश्य माननिय गुलाबजंग शाहले अन्तरिक छलफल र निष्कर्षमा जानुको सट्टा आरोप पत्र प्रस्तुत गर्दा नेकपा दुई चिरा भएको बताएका छन् । दार्मा गाँउपालिकाको ढाँकाडामकोटमा बिहिबार भएको नेकपाका (केपी ओली समुह) को अगुवा कार्यक्रता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता शाहले भने पार्टी भित्र बिबाद हुन्छ, झगडा हुन्छ । तर घर भित्रको झगडा घर भित्रै मिलाउनु पर्ने हुन्छ । पार्टी भित्र कुनै छलफल नै नगरी प्रचण्ड र माधव पक्षले संसदका प्रधानमन्त्रिलाई हटाउना खोज्दा देशमा यस्तो परिस्थति आएको बताए । उनले अब देश नयाँ जनादेशमा जानाका लागि निर्वाचन हुना आवश्यकता भएको बताएका छन् । तर कम्युनिष्ट नोताहरुले निर्वाचन प्रतिगमन भनिराख्नु भएको छ, खारेज गर्नुपर्ने माग गर्नुभएको छ, भोलि सर्वच्चोले निर्वाचनलाई सदर गर्यो भने उहाँहरु कुन बाटो रोज्नु हन्छ होला, निर्वाचनमा जानुहुन्छ कि हुन्ना भन्ने प्रश्न समेत गरे । संसदिय व्यवस्थामा प्रधानमन्त्रिको केहि अधिकार हुने भएकोले, प्रधानमन्त्रि बाध्यकारी अवस्थामा भएको कारण संसद बिगठन गर्नु परेको कुरा नेता शाहले बताए । 
सोही अवसरमा नेता शाहले श्री राष्ट्रिय मा.बि दार्मा ५ ढाँकाडामकोटको ६ कोटे पक्कि भवनको शिलान्यास समेत गरेका छन् । बिद्यालयले अयोजना गरेको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले बिकासको नाममा राजनिति गर्न नहुने बताएका छन् । झन बिद्यालय जस्तो पबित्र स्थलमा कसैले पनि कहि कतैबाट राजनिति गर्न नहुने कुरा बताएका छन् । उनकै पहलमा कर्णाली प्रदेश बिकास पुर्वाधारबाट श्री राष्ट्रिय मा.बि दार्मा ५ ढाँकाडमकोटलाई भवन निर्माणको लागि रु ५० लाख अनुदान प्राप्त भएको छ । भवनको शिलान्यास कार्यक्रमा दार्माका जनप्रतिनिहरुको भने सहभागिता देखिएको थिएना । सोहि बिद्यालयका प्र.अ प्रताप चन्दले दिएको जानकारी अनुसार आफुले गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष प्रशासकिय अधिकृत लगायत जनप्रतिनिधिलाई पटक पटक फोन गर्दा र पत्र पठाई जानकारी गराउदा पनि नआएको कुरा बताएका छन् ।
(श्री राष्ट्रिय मा.बि दार्मा ५ ढाँकाडामकोटको ६ कोटे पक्कि भवनको शिलान्यास कार्यक्रमका फोटोहरु)





