सल्यान, १४ माघ ।
पछिल्लो समय दार्मा गाँउपालिका सरकारको समाजिक संजालमा व्यापक अलोचला भईरहेको छ । कर्मचारी भर्ति देखि उपभोग्त्ता समिति गठन र ठेक्का पट्टा वितरणमा समेत अनिमितता भएको बिषयमा दार्मा गाँउपालिकाका स्थानिय केहि व्यक्तिहरु आ–आफ्नो समाजिक संजालमा पोष्ट गरेका छन् । समाजिक संजालमा गाँउपालिकाले कर्मचारी भर्ना गर्दा पालिका भित्रका भन्दा बाहिरकालाई प्रथामिकता दिएको, आफुनिकटका कार्मचारी भर्ति गरेको, गाँउपालिकाले पालिकाका कार्यक्रमहरु आफु निकटका संघ संस्थाहरुलाई जिम्मा दिएको र बजेटको सहि सदुपयोग नगरी हाल सम्म संञ्चालन गरेका सिप मुलक तालिमहरुको कुनै पनि प्रभावकारी नदेखिएको, कोरोना महामारी रोगथाम तथा नियान्त्ररणमा भएको खर्च विवरण सार्वजानिक नगरेको, यो संगै पशासनिक पाठो तर्फ पछिल्लो समय गाँउपालिका बाट हुने प्रशासनिक कामहरु अलि ढिला सुस्ती भईरहेको लगायतका प्रश्नहरु अएका छन् ।
खासमा सल्यानका दश वटा स्थानिय तहरुमध्ये दार्मा गाँउपालिका एक उदाहरनीय गाँउपालिका मानिन्छ । सडक यातायात देखि, शिक्षा, स्वास्थ्य, खानेपानिको क्षेत्रमा बिकाशले फड्को मारीरहेको देखिन्छ । तर दार्मा सरकारलाई एउटा प्रश्न चिन्ह् खडा भएकोे छ । के सामाजिक संजालमा लगाएको आरोप साचो हो ? या झोटो यस बिषयमा हामिले दार्मा गाँउपालिकाका सरकार प्रमुख दार्मा गाँउपालिका अध्यक्ष निम बहादुर के.सी (अरुण) कोे जवाफ ।
हाम्रा शुभ चिन्तक मित्र एबं मिडियाहरुले दार्माकाबारे केही व्यक्तिहरूद्वारा फैलाइएका भ्रम र आलोचनाका सम्वन्धमा चिन्ता र जिज्ञासा राख्नु भएको छ, केही प्रश्नहरु पठाउनु भएको छ, यसबारे सार्वजानिक जवाफ माग्नु भएको छ, उहाँहरुको चासो, चिन्ता र सद्भावको सम्मान गर्दै सबैका चासो, चिन्ता र प्रश्नलाई सबैका लागि म एकमुष्ठ सार्वजानिक जवाफ दिन चाहान्छु ।
पहिलो कुरा,
सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको भन्ने कुरा नै गलत हो, एकाध व्यक्तिले नितान्त कपोलकल्पित आरोपहरु बनाएर भ्रम सिर्जना गरेका मात्र हुन् । त्यसको कुनै तुक,प्रमाण र अर्थ छैन । गलत उद्येश्यले गलत अफवाह फैलाउने धृष्टता मात्र गरिएको छ ।
दोस्रो कुरा,
आलोचना कस्तो मान्छेबाट भइरहेको छ भन्ने कुरा हो, आम जनता र सचेत नागरिकको तहबाट हैन, जनताबाट बहिष्कृत, समाजबाट तिरस्कृत र विगतमा आफूले भ्रष्टाचार गरेर गराएर खाइपाई आएका केही मुठ्ठीभरहरुले त्यसको स्वाद लिन नपाएर, भ्रष्टाचार गर्न नपाएर गरिएको झोंक र छटपटिको अभिव्यक्ति मात्र हो । अरूलाई पनि आफू जस्तै भ्रष्ट देख्ने मनोदशा बाहेक अरु केही होइन । मलाई एउटा मात्र जनता वा सचेत नागरिकको उदाहरण दिनुस्, कसले भनेको छ दार्मामा भ्रष्टाचार भयो, जनविरोधी काम भयो या जनतालाई दुःख दिइयो भनेर ।
तेस्रो कुरा,
यदि भ्रष्टाचार नै भएको भए,जसले दार्मामा भ्रष्टाचार भयो भन्नुहुन्छ, उहाँहरूले नै यो तीन बर्षको अवधिमा अख्तियारमा दर्जनौं मुद्दा दिएर अनावश्यक दुःख दिइरहनु भएको छ,अख्तियारले स्थलगत अध्ययन गर्यो, छानबिन गर्यो, सबै नियम अनुसार नै भएको बतायो, अहिले पनि मुद्दा दिइरहनु भएकै छ, अझै प्रत्येक योजनामा अख्तियारमा मुद्धा दिने भनेर सार्वजानिक अभिव्यक्ति दिइरहनु भएको छ, त्यसको छानबिन,फैसला र कारबाही गर्ने निकायले यसको सही निर्क्यौल गर्ला, यदि जनताको पैसामा अनियमितता र भ्रष्टाचार गरेको भए, गर्नेहरू कारवाही पर्लान्, जेल जालान् । तर सामाजिक सञ्जाल र अमूक व्यक्ति त न्यायाधीश हैन नि, कसैले पनि कानुनलाई हातमा लिएर कुनै पनि व्यक्ति वा संस्थाको सार्वजानिक बेइज्जत गर्न छुट त अवश्य दिएको छैन ।
चौथो कुरा,
काम गर्दा केही गल्तीहरू हुनसक्छन्, काम गर्दै, गल्तीबाट पाठ सिक्दै हामी अघि बढ्ने हो, नियतवश र योजनाबद्ध रूपमा पो गल्ती गर्ने होइन। काम नगर्नेको एउटै गल्ती हुन्छ कि यसले काम गर्न सकेन तर काम गर्नेका हजार गल्ती हुन सक्छन् । जानी जानी गल्ती गर्नु हुँदैन, गल्ती दोहोर्याउनु हुँदैन, गल्तीहरूबाट शिक्षा लिएर अघि बढ्नु पर्छ । जनता र सचेत नागरिकको तहबाट आउने रचनात्मक सुझाव र तथ्यपूर्ण आलोचनालाई हामीले निसंकोच ग्रहण गर्नुपर्छ र सच्याउनुपर्छ, आबश्यक परेमा जनतासित माफी पनि माग्नुपर्छ ।
सामाजिक सञ्जालमा केही व्यक्तिहरूद्वारा लगाइएका सबै आरोपहरु तथ्यहीन, पूर्वाग्रही, कपोलकल्पित र अर्थहीन छन् । यी सब बनिबनाउ हुन् । बाँकी जो जसले सामाजिक सञ्जालमा रचनात्मक सुझाव र आलोचना गर्नु भएको छ, उहाँहरुलाई हार्दिक धन्यवाद छ र त्यसलाई ग्रहण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु । मैंले भनें काम गर्ने क्रममा केही स्वभाविक कमी कमजोरी जरुर हुन्छन् । शतप्रतिशत सही वा खराब वस्तु वा व्यक्ति यो दुनियाँमा पाउन सकिँदैन। बिकास निर्माण, दैनिक प्रशासन लगायत नियमित कामकाज नियम अनुसार नै भएको छ । नियम कानुन भन्दा बाहिर गएर गरेको एउटा मात्र प्रमाण पेश गर्न म सम्बन्धित आरोप लगाउने महोदयलाई अनुरोध गर्दछु । लेख्न त जे पनि सकिन्छ, आरोप लगाउन त जति पनि सकिन्छ, मुख्य कुरा त्यो तथ्य र प्रमाणका आधारमा हुनुपर्यो । सही र सत्य हुनुपर्यो । धमिलो पानीमा माछा मार्ने बदनियतले गरिएका तथ्यहीन आलोचनाको जवाफ खोजेररदिएर समय खर्च गर्नुभन्दा आफ्नो जिम्मेवारी पूरा गर्नु बुद्धिमानी हुन्छ ।
बितेको ३ वर्षमा हामीले पुर्वाधार विकास,आर्थिक तथा मानव संसाधन विकासमा ३ दसकमा हुन नसकेका काम भएको सगर्व सप्रमाण छैटौं गाउँसभाबाट पारित गरेर लिपिबद्ध गरेका छौ, त्यहाँबाट तपाईंहरूले विस्तृत जानकारी लिन सक्नुहुनेछ ।
भावी दिनमा हामी दार्मा विद्युतीकरण, पालिका सडक संजालको स्तरीकरण, पालिका अस्पताल निर्माण, खानेपानी तथा सरसफाई,विशेष शैक्षिक सुधार, दूध पकेट क्षेत्र, कृषि उत्पादन पकेट क्षेत्रको विकास लगायतको अभियानमा केन्द्रीत छौ ।
सीमित स्रोत,साधन र बजेट तथा असीमित आवश्यकता बीचको अन्तरद्वन्द्वको चपेटामा हामी छौँ, तैपनि दीगो एबं तीब्र विकासका लागि हामी भगीरथ प्रयत्नमा छौं, दशकौंदेखि पछि पारिएको दार्मा र सल्यानलाई माथि उठाउन सबैले सकारात्मक योगदान गरौं ।
