सल्यान ,४ माघ ।

नेपालि काँग्रेस महासमिति सदश्य तथा सल्यानका क्षेत्र न. १(क) प्रदेश सांसद प्रत्यासी उमेरदवार एकराज डाँगिले काँग्रेस कार्यक्रतालाई चुनावको तयारीमा लाग्ना अनुरोध गरेका छन् । सल्यानको कुमाख गाँउपालिकामा सरकारको असंवैधानिक कदमका बिरुद्ध भएको बिरोध सभालाई सम्बोधन गर्दै नेता डाँगिले चुनाव पछि देश र सत्त्ता काँग्रेसको हातमा हुने बताएका छन् । यसका लागि काँग्रेसका कार्यक्रता नडराउना र नआतिएर लाग्ना अनुरोध समेत गरेका छन् । सभालाई सम्बोधन गर्दै काँगेस नेताले सरकारले जानताको मर्म लाई तत्याएको समेत बताएका छन् ।No description available.

बिरोध सभालाई नेपालि काँग्रेस सल्यान जिल्ला कमिटि सदश्य गोपाल बुढाथोकि, धन बहादुर हमाल , कालिदास के.सी, डिल्ली बुढाथोकी, मान बहादुर बुढाथोकी, बिपि बिचार समाजबाद सल्यानका अध्यक्ष नेत्र वलि, शिक्षक संघ सल्यानका अध्यक्ष एकराज बुढाथाकी, क्षेत्रिय सदश्य काँसिराम कुमाई, नेबिसंघ सल्यानका उपाध्याक्ष पे्रम नारायाण बि.क, तरुण दल कुमाख गाँउपालिका अध्यक्ष प्रेम प्रकाश चन्द, लागायतले सम्बोधन गरेका थिए , कुमाख गाउपालिका सभापति इन्द्र शर्मा को सभापतित्वो र नेपालि काँग्रेस कुमाख गाँउपालिका सह सचिव झुपलाल राणाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ईश्वरी शाहीले गरेका थिए । सो कार्यक्रमा नेकपा परित्याग गरी दर्जनौ कार्यक्रता नेपालि काँग्रेसमा प्रवेस गरेका थिए ।No description available.