सल्यान, २८ पौष
केपि शर्मा ओलि नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले शिष्ट, सभ्य भाषा प्रयोग गर्न नेकपाको अर्काे समुहलाई सुझाव दिएका छन् । ओली समुहको कालीमाटी गाउँपालिकामा सोमबार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेताहरुले निकै तल गिरेर प्रचण्ड माधव गुटका केही मान्छेहरुले बोल्ने गरेको भन्दै त्यस्तो हर्कत महंगो पर्न सक्ने चेतावनी दिएका हुन् ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य गुलाबजंग शाहले आफहरुको अभियानले अर्काे समुह छायाँमा परेको भन्दै यसकै कारण अत्तालिएर उनीहरुले जे मुखमा आयो त्यही बोल्ने गरेको बताए । आफ्नो पार्टी संगठनमा उत्साह देखिएको भन्दै नेता शाहले आम नागरिकले केपी ओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरु थाहा पाउदै गएको र सरकार विरोधी भ्रम आफुहरुले चिर्दै गएको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला कमिटी अध्यक्ष गोबिन्द पुनले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेकै कारणले प्रधानमन्त्री ओलीलाई हटाउन खोज्दा संसद विघटनको बाध्यात्मक कदम प्रधानमन्त्रीले चालेको बताए । उनले विदेशीको चरणमा जानुभन्दा जनताको शरणमा जानु उपयुक्त ठानेर प्रधानमन्त्री ओलीले यस्तो कदम चालेको बताए । यस्तै पार्टी केन्द्रिय सदस्य लोक बहादुर डांगीले राष्ट्रिय गौरवका आयोजनाहरू, पोखरा र भैरहवा विमानस्थल, मेलम्ची, धरहरा, रानीपोखरी, सडक कालोपत्रे, रेलवे जस्ता तमाम आयोजनाहरूमा भएको प्रगति देख्नै नसकेर प्रचण्ड माधव समूहले ओलीलाई हटाउन खोजेको तर त्यसमा असफल भएर सडकमा पुगेको बताए ।

नेकपा प्रदेश कमिटी सदस्य तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा अनुसार पार्टीकै नेताहरूले ओलीलाई काम गर्न नदिएको र अव ताजा जनादेश अनुसार देशमा समृद्धीका क्रियाकलापहरु अगाडी बढ्ने दाबी गरे । जिल्ला कमिटी सदस्य तथा कालिमाटी गाउंपालिका अध्यक्ष दान बहादुर केसीले विकास र समृद्धीका लागि भएपनि देशमा ओलीको नेतृत्व आवश्यक रहेको बताए ।

नेकपा कालिमाटी गाउंकमिटिका सदस्य तथा वडा नम्बर ३ का वडा अध्यक्ष वीर बहादुर ओलिको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा कालिमाटी गाउंपालिका उपाध्यक्ष सनशिलता ओलि डिसी, नेकपा प्रदेश परिषद सदस्य द्रोण केसी, राष्ट्रिय युवा संघ सल्यानका संयोजक रुपक बुढा, अनेरास्ववियुका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी संयोजक राम बहादुर केसी, नेकपा कालिमाटीका सदस्य तथा वडा न २ का वडा अध्यक्ष इन्द्र बहादुर ओलि, गांउकमिटी सदस्य मित्रलल सुनार, युवा संघ कालिमाटी संयोजक दिलिप रावत, अनेरास्ववियु कालिमाटीका संयोजक नारायण केसी लगाएतले मन्तव्य राखेका थिए । भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा कालिमाटी ४ नम्बर वडा कमिटीका सचिव मिनायक रानाले स्वागत मन्तव्य राखेका थिए ।

 एक दर्जन बढीले नेकपा ओली समुहमा प्रवेश गरे, वडाहरुमा युवासंघको कमिटी गठन

तेस्तै केपी शर्मा ओली नेतृत्वको नेकपाले सोमबार कालीमाटी गाउँपालिकामा आयोजना गरेको भेलाले नेकपा कालिमाटी गाउँ कमिटीको अध्यक्षको जिम्मेवारी जिल्ला कमिटी सदस्य समेत रहेका केशर बुढालाइ प्रदान गरेको छ । भेलाबाट विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी नेकपा ओली समुहमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसबाट लक्षुमण खत्री, मोहनलाल कवर, देबिलाल परियार , निम ब परियार , तिल ब गिरि , दुर्गा ब गिरि ,मिना परियार , खुमन गिरि , मेघ प्रसाद खराल रहेको गाउँकमिटी अध्यक्ष केशर बुढाले बताए । उनका अनुसार राप्रपाबाट देउ ब राना , याम ब राना , गोकर्ण राना, र समाजसेवी कुल ब ओलि पनि नेकपामा प्रवेश गरेका छन् ।

यस्तै कालीमाटीमा राष्ट्रिय युवा संघको वडाहरुमा अधिवेशन आयोजक कमिटी पनि गठन भएको छ । वडा न २ मा भिम ब ओलि संयोजक रहेको १६ सदस्यीय कमिटी , वडा न ३ मा दिपक खनाल संयोजक रहेको १७ सदस्यीय कमिटी गठन भएको युवा संघ कालिमाटी संयोजक दिलिप रावतले जानकारी दिए । यस्तै वडा न ४ मा निम ब थापा संयोजक रहेको ८ सदस्यीय कमिटी , वडा नं ५ मा लाल ब राना संयोजक रहेको ९ सदस्यीय कमिटी , वडा न ७ मा धन ब ओलि संयोजक रहेको ४ सदस्यीय कमिटि गठन भएको रावतले जनाए ।