सल्यान, २१ पुस ।

सल्यानमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुको जिल्ला सम्मेलन आयोजक कमिटी गठन भएको छ । केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा समूहको मंगलबार सल्यान सदरमुकाम खलंगामा आयोजित राष्ट्रिय युवा संघ र अनेरास्ववियुको जिल्ला भेलाले जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

संयोजक रुपक बुढा र सह संयोजक नवराज वली रहेको १३५ सदस्यीय युवा संघको जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको नेकपा सल्यानका जिल्ला कमिटी सदस्य महेश देवकोटाले जनाए ।

No description available.

भेलाले सल्यानका सबै स्थानीय तहहरुमा पालिका संयोजकहरु पनि तोकेको छ । राष्ट्रिय युवा संघ शारदा नगरपालिकाका प्रविण घर्ती मगर, बागचौर नगरपालिकामा टेक बहादुर बस्नेत र बनगाड कुपिण्डे नगरपालिकामा कुल बहादुर विरहीलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको जिल्ला संयोजक रुपक बुढाले जानकारी दिए ।

यस्तै कुवेर केसीलाई कपुरकोट, यम डिपलव भण्डारीलाई त्रिवेणी, दिलिप रावतलाई कालिमाटी, इन्द्र केसीलाई दार्मा, शेर बहादुर चन्दलाई कुमाख, धन बहादुर खत्रीलाई छत्रेश्वरी र जित बहादुर बोहोरालाई सिद्धकुमाख गाउँपालिकाको संयोजकमा तोकिएको बुढाले जनाए ।

भेलाले युवा संघको क्षेत्रीय कमिटीको लागि पनि संयोजक चयन गरेको छ । बुढाका अनुसार सल्यान क मा इन्द्रजीत भाट र ख मा डिल्लीराज खड्कालाई क्षेत्रीय संयोजकको जिम्मेवारी दिइएको छ ।

No description available.

यस्तै भेलाले राम बहादुर केसी संयोजक र यकराज थापा सह संयोजक रहेको १०१ सदस्यीय अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी पनि गठन गरेको जानकारि दिइएको छ ।

राष्ट्रिय युवा संघका सल्यान संयोजक रुपक बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद गुलावजंग शाह, ओली समुहका केन्द्रीय सदस्यहरु लोक बहादुर डाँगी, कुल बहादुर गिरी, जिल्ला कमीटी सदस्यहरु महेश देवकोटा, मनोज सिंह, जनक विक, दिपेन्द्र प्रकाश डिसी, ओम बहादुर बुढा, कवी चन्द, गणेशमान सिंह, ओम प्रकाश बुढा, देवेन्द्र रोका, नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष अकवीर पुन, राष्ट्रिय युवा संघका कर्णाली प्रदेश सदस्य सञ्जीता शर्मा, प्रदेश समन्वय परिषद् सदस्य द्रोण केसी, अनेरास्ववियुका केन्द्रीय सदस्य राजेश वली लगाएतले मन्तव्य राख्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष कपी ओलिको पक्षमा धारणा प्रस्तुत गरेका थिए ।

अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज वोहोराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला संयोजक राम बहादुर केसीले गरेका थिए ।

No description available.