अमेरिका, १२ पुष
नेपाली जनसम्पर्क समिति नर्दल क्यालिर्फोनियाको आयोजनामा क्रिसमस र आउदै गरेको अंगे्रजि नयाँ वर्ष २०२१ को शुभकामना आदनप्रदान सम्पन्न भएको छ । डिसेम्वर २६ तारिकको दिन त्यहाँ बसोबास गर्ने नेपालिहरु बिच परिचयात्मक तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो । पे्रम परियारको सभापतित्वबाट सुरु भएको कार्यक्रममा प्रमुख जनसम्पर्क समिति अमेरिकाका सभापति धनञ्जय नरसिंह केसी रहेका थिए ।, कार्यक्रममा जनसम्पर्क समिति केन्द्रिय सदस्य शुरेस हमाल,एनआरएनको प्रमुख तथा प्रतिनिधि बिभिन्न संघसस्थाका प्रमुख एवम प्रतिनिधि, जनसम्पर्क समिति नर्दल क्यालिर्फोनियाको सदस्य सल्लाहकार, लगायतको उपस्थिति भई जुम मार्फत कार्यक्रम गरेको त्यहाँ बाट नेपाली जनसम्पर्क समिति नर्दल क्यालिर्फोनियाका सचिव गोबिन्द चलाउनेले जानकारी गराएका छन् ।
